Logo

Hello NEw

कुरुप देखाउने होर्डिङ बोर्ड र पोस्टर हटाईने



काठमाडौँ, १० पुस । सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री हटाउने भएको छ ।

विहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा सहित बसेको सरोकारवाला निकायहरु सहितको बैठकले सो निर्णय गरेको हो । बैठकले काठमाडौँ महानगरपालिकाभित्र तत्काल शुत्रबारदेखि नै चार ओटा समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने तथा अन्य स्थानिय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारवाही अघि बढाउने निर्णय गरेको छ ।

यस्तै बैठकले अव्यवस्थितरुपमा राखिएका टेलिफोन, केबल तथा ईन्टरनेट सेवाप्रदायकका तारहरु हटाउन समयसीमा तोकी सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरुलाई काटेर हटाउने निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचनाहरु हटाईन लागेको बताएका छन् भने सर्वोच्च अदालतको समेत यस सम्बन्धमा आदेश दिईसकेको बताउँदै गृहमन्त्री थापाले सो कादेश कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्