Hello NEw
भ्रमण वर्ष उद्घाटन गर्न चौदण्डीगढी नगरपालिकामा सार्वजनिक विदा
उदयपुर, १६ पुस । उदयपुरको चौदण्डीगढी नगरपालिकाले ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को अवसरमा सार्वजनिक बिदा दिएको छ ।
चौदण्डीगढी दरवारक्षेत्रमा भ्रमण वर्षको उद्घाटन गर्दै विविध कार्यक्रमसहित दिनभर त्यही पर्यटनमैत्री गतिबिधि गर्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
जनवरी १ कै दिनदेखि भ्रमण वर्ष सुरु गरेर वर्षभरी विभिन्न पर्यटन प्रबर्द्रधनका गतिबिधि गर्ने निर्णय भए अनुसार सुरु दिन सार्वजनिक विदा दिने निर्णय गरेको चौदण्डीगढी नगरपाललिकाले जानकारी दिए ।
उनले सरकारले घोषणा गरेको ‘भिजिट २०२०’ लाई सफल पार्न नगरपालिकाले विभिन्न कार्यक्रमहरु अघि सारेको छ । जस अुनसार पहिलो दिन ‘राईड टु चौदण्डीगढी’लगायत आधादर्जन कार्यक्रम गरिरहेको छ ।
३ सयवर्ष पुरानो चौदण्डीगढी दरवार ऐतिहासिक, पुरातात्विक र मानव सभ्यताको खोज अनुसन्धान थलो भएकाले त्यही ठाउँबाट भ्रमण वर्षको सुरुवात गर्ने कार्यक्रम राखिएको छ ।
नगरपालिकाका सबै वडामा पहिचान भएका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल र तथा रमणीय ठाउँमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन आकर्षित गर्ने उदेश्यले ऐतिहासिक दरवारक्षेत्रबाट कार्यक्रम सुरु गरिएको छ ।
