Logo

Hello NEw

सातै प्रदेशमा एकीकृत कार्यालय



धनगढी, १७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सात वटै प्रदेशमा एकीकृत कार्यालय स्थापना गरी सञ्चार क्षेत्रलाई दिने सम्पूर्ण सेवा सुविधाहरुले दिइने बताएका छन् ।

नेपाल पत्रकार महासंघ कैलालीको विहीबार भवन उद्घाटन गर्दै मन्त्री बास्कोटाले प्रेस काउन्सिल, सूचना तथा केन्द्र लगायतले दिने सेवा सुविधाहरु दिनका लागि मन्त्रालयले सातै प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी गरेको बताएको हो । उनले यसले गर्दा पत्रकारहरुलाई साना–साना कामका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने बताए ।

अब बन्ने समानुपातिक विज्ञापन नीतिले विज्ञापनका लागि मिडियालाई सामानुपातिक रुपमा विज्ञापन वितरण गर्ने पनि मन्त्री बास्कोटाले बताएका छन् । उनले दोहोरो सुविधा दिन नमिल्ने भएकाले लोककल्याणकारी विज्ञापन भने कटौती हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्