Hello NEw
वडा कार्यालयसहित स्थानीय नौ घरमा चोरी
ओखलढुंगा, १७ पुस । सिद्धिचरण नगरपालिका–३ अधेरी नारायणस्थानको वडा कार्यालय र आसपासमा रहेका नौ जना स्थानीयको घर तथा पसलमा चोरी भएको छ । सोमबार मध्यराति अज्ञात समूहले वडा कार्यालय र स्थानीयको घर तथा पसलको ढोका फोडेर नगद चोरी गरेको हो ।
वडा कार्यालयको काउन्टरको सिसा फुटाई नगद चोरी भएको वडा कार्यालयले जनाएको छ । त्यस्तै स्थानीय शमशेर राईको पसलबाट एक लाख रुपैयाँ चोरी भएको राईले बताएका छन् । अन्य पसलहरुबाट पनि ८ देखि १० हजार रुपैयाँ नगद चोरी भएको स्थानीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
स्रोतका अनुसार वडा कार्यलय र स्थानीयसहितको गरि लगभग २ लाख पचार हजार रुपैयाँ चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा परेको छ । सोही घटनामा संलग्न भएको आशंकामा गाउँमा तन्नाकपडा बेच्दै हिड्ने दुई जना भारतीय र तीन स्थानीय युवाहरुलाई नियन्त्रणमा लिई सोधपुछपछि छाडिएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
