Logo

Hello NEw

५० हजार घुससहित सई र प्रहरी जवान पक्राउ



काठमाडौं, १७ पुस । प्रहरी चौकी त्रिभुवननगर, सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव पक्राउ परेका छन् ।

सिंह र यादवलाई सेवाग्राहीसँग ५० हजार घुस बापतको रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जानकारी दिए ।

उनीहरूले भारतीय सीमा नाकाबाट नेपालतर्फ घरायसी सामान भित्र्याउने काममा सहज गराई दिने भनी सेवाग्राहीसँग घुस माग गरेको, रकम नदिएमा लागूऔषध मुद्दा चलाउने भनी धम्काइ कुटपिटसमेत गरेको खुलेको छ ।

दुवै आरोपीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० अनुसार बिगो ५० हजार रुपैयाँ कायम र दफा ३ को उपदफा ९१० को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्