Logo

Hello NEw

सूचनाको हकको परिचय दिदै नेपालको सन्दर्भमा सूचनाको हक र पारदर्शिताका सीमाहरुलाई उल्लेख गर्नुहोस् ।



प्रश्नः सूचनाको हकको परिचय दिदै नेपालको सन्दर्भमा सूचनाको हक र पारदर्शिताका सीमाहरुलाई उल्लेख गर्नुहोस् ? (३+७)

उत्तरः

राजेन्द्र प्रसाद धमला, शाखा अधिकृत (मोरङ जिल्ला अदालत)

सूचनाको हक’
“Right are legal, social or ethical principles of freedom”
– कुनै पनि विषयवस्तुका वारेमा प्राप्त गर्ने जानकारी, समाचार, तथ्य, तथ्याङ्क, अभिलेख वा संकेतलाई सूचना भनिन्छ ।

– नेपालको संविधानको धारा २७ मा संवैधानिक व्यवस्था र सूचना सम्वन्धी ऐन, २०६४ मा सूचनाको विषयमा व्यवस्था गरिएको छ ।

– सार्वजनिक सरोकारका विषयमा के भईरहेको छ भनेर सरोकारवालाहरुवाट जानकारी माग्ने र सम्वन्धीत निकाय वा पदाधिकारीले उक्त विषयमा प्रष्ट पार्ने कार्यलाई सूचनाको हक भनिन्छ ।

– सूचना कुनै पनि वस्तु वा सेवा प्राप्त गर्ने वा कुनै कार्य सम्पादित गर्न संविधान वा कानून सम्मत उपलब्ध गराईएको सुविधा वा अधिकार हो ।

– संवेदनसिल सूचनाहरुको संरक्षण गर्दे राज्यको काम कारवाहीलाई लोकतान्त्रिक मान्यता अनुरुप खुला र पारदर्शि वनाउनु यसको प्रमुख उद्देश्य हो ।

– सूचनाको हक सम्वन्धी व्यवस्थाले सार्वजनिक महत्वको सूचना माग्ने र पाउने,कुनै पनि सामाग्रीको प्रमाणित नमुना लिने, निर्माण कार्यको अवलोकन भ्रमण गर्ने, लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने र सार्वजनिक निकायले संपादन गर्ने कार्यको सुनिश्चितता गर्दछ ।

सूचनाको हक र पारदर्शिताका सीमाहरु:
सूचनाको हक र पारदर्शिता सुशासन कायम गर्ने माध्यम हुन् । पारदर्शिताले कुनै पनि सरोकारवाला पक्षले गर्ने कार्य वा निर्णयलाई देख्न सकिने, वुझ्न सकिने कार्य गर्दछ । पारदर्शिताको अर्थ कुनै पनि विषयलाई प्रष्ट देखाउनु संचार, संप्रेषण वा प्रशासन (Administration) गरि सरोकारवाला पक्ष समक्ष प्रस्तुत गर्नु हो ।

तथापि नेपालको सन्दर्भमा निम्नानुसार विषयहरु पारदर्शि नहुने संवैधानिक तथा कानूनी व्यवस्था कायम गरिएको छ;
– राष्ट्रिय सुरक्षसंग सम्वन्धीत विषयहरु,
– सैनिक र सामरिक महत्वका विषयहरु,
– मित्रराष्ट्र र छिमेकी राष्ट्रसंगको सम्वन्धमा खलल पुर्याउने विषयहरु,
– ब्यक्तिगत नितान्त निजी जीवनसंग सम्वन्धीत विषयहरु,
– सामाजिक, धार्मिक सद्भभाव खलवल्याउने विषयहरु,
– अपराध अनुसन्धानसंग सम्वन्धीत विषयहरु,
– विभिन्न जातजाति वा सम्प्रदायहरु वीचको सुसम्वन्धमा प्रत्यक्ष असर पार्ने विषयहरु,

अन्य गोप्य रहने सूचनाहरु;
– वन्द इजलासवाट सुनुवाई हुने विषयहरु,
– वैज्ञानिक अन्वेषणसँग सम्वन्धित विषयहरु,
– ब्यवसायिक प्रतिस्पर्धाका विषयहरु,
– परीक्षासँग सम्वन्धित विषयहरु,
– वजेट धोषणा हुनुभन्दा अगाडिका वजेटसँग सम्वन्धीत विषयहरु,
– कानूनले नै गोप्य राख्नु पर्ने भनी किटानी गरेक विषयहरु, आदि ।

निष्कर्ष:
सूचनाको हक र पार्दर्शिताले एकातिर नागरिक अधिकारको संरक्षण गर्दछ भने अर्कातिर सार्वजनिक निकायको नागरिक प्रतिको कर्तव्यलाई निर्वाह गर्न सहज वनाउछ । अझै पनि ३९ वटा कानूनले गोपनियताको सपथ लिनु पर्ने कुरालाई अंगाल्दै आएको देखिन्छ भने कार्यालयको विकृतिलाई ढाकछोप गर्न, गोपनियतामा रमाउने वानी तथा सूचना माग्ने संस्कृतिको समेत अभाव देखिन्छ त्यसैले सूचनाको हक र पारदर्शिताको सारभुत खुलासा (Disclosure) र कार्यान्वयन (Implementation) ले मात्र नागरिको क्षमता अभिवृद्धि गराई सार्वजिक निकाय र पदाधिकारीलाई नागरिकप्रति कुसल रुपमा उत्तरदायी वनाई असल शासन व्यवस्था (सुशासन) कायम गर्न गराउन सकिन्छ ।

नोट : अभ्यासको लागि समय विभाजन
सूचनाको हकको परिचय : ५ मिनेट
सूचनाको हक र पारदर्शिताका सीमाहरु :८ मिनेट
निष्कर्ष लेखन :२ मिनेट
एकपटक चेक गर्न : १.५ मिनेट
जम्मा : १६.५ मिनेट

प्रतिक्रिया दिनुहोस्