Logo

Hello NEw

अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरूद्ध साढे चार करोडको मुद्दा



काठमाडौं, १९ पुस । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरूद्ध मुद्दा दायर भएको छ ।

ढुंगाना र उनकी श्रीमतीविरूद्ध ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ बिगो माग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उपसचिव ढुंगानाले पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टी भएको अख्तियार जानकारी दिएको छ । ढुंगानाले स्रोत नखुल्ने सम्पत्ति उनले आफूलगायत श्रीमती मधुको नाममा राखेको अख्तियारले जनाएको छ ।

ढुंगानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति (२०४९) देखि २०७५ सम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ हुने जनाउँदै अख्तियारले तर उक्त अवधिमा उनले गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३५१ अस्वभाविक देखिएको र त्यसमध्ये ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत नखुलेको जनाएको छ ।

ढुंगानासँग गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको बिगो जफत गरी पाउन पनि अख्तियारले माग गरेको छ । मधुका नाममा रहेको गैरकानुनी रूपमा आर्जित सम्पत्ति पनि जफत गर्न अख्तियारको माग छ ।

त्यस्तै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा सिन्धुलीको सुनडाँडा भद्रकाली प्राथमिक विद्यालयमा कार्यरत शिक्षिका ज्ञानु रायमाझी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

शिक्षिका ज्ञानु रायमाझीले भारतको विहार विद्यालय परीक्षा बोर्ड पटनाबाट जारी गरिएको हाइस्कुल तहको झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी लाभ सुविधा लिएको भन्दै आयोगले उनीविरुद्ध मुद्धा दायर भएको हो ।

प्रतिक्रिया दिनुहोस्