Logo

Hello NEw

सार्वजनिक नीतिको अनुगमन र मुल्यांकन कसरी गरिन्छ ? छोटकरिमा लेख्नुहोस् ।



अनुगमनले What Happen, How and Why को जवाफ दिन्छ । नीति र कार्यक्रमलाई Right Tracking गर्ने काम हो । यसमा अनपेक्षित परिणाम र कार्यान्वयनमा आएका वा आउन सक्ने समस्याहरु के छन भनेर हेरिन्छ । सार्वजनिक नीतिको कार्यान्वयन कसरी भएको छ ? भनेर निरन्तर अवलोकन, सुपरिवेक्षण र निरीक्षण गरीनु नै सार्वजनिक नीतिको अनुगमन हो ।

नीति अनुगमन कार्यान्वयनको चरणमा मात्र गरीन्छ । अनुगमन नीति कार्यान्वयन संगसंगै जाने प्रकृया हो । यस्ले कार्यान्वयनको गुणात्मकता र समस्या पहिचान गरी कार्यान्वयनका लागि भावि मार्गदर्शन गर्ने काम गर्दछ । अनुगमन निरीक्षण र सुपरिवेक्षण मात्र नभै समस्या पहिचान,समाधानका सुझाव सहितको मार्गदर्शनको समग्र Package हो । अनुगमन Independent,Expert base,Timely र With Objectives हुन्छ ।

प्रभावकारी अनुगमनका लागि;
– Monitoring Plan- कहिले,कस्ले र कसरी गर्ने ?
– Framework-Performance र Monitoring Indicator बनाउने ।
– Institutional Capacity-Expert छन छैनन । Resource छ छैन ?
– Conventional नभै Participatoy Monitoring मा जोड दिने ।
– Reinforcement-Reward/Punishment को माध्यमबाट ।
– Authority छ छैन ? Correction का लागी ।
– Monitoring को स्तर;
# Input, Activities and Result Monitoring लाई एकै स्तरमा नराख्ने । Output होईन Impact हेर्ने ।

सार्वजनिक नीतिको मुल्यांकन
नीतिको प्रभावकारी कार्यान्वयनका लागि भएका प्रयास, उठेका समस्या र सो को समाधानका अवस्थाहरु, प्राप्त नतिजा र सो को असरको स्वतंत्र विश्लेषण गर्ने काम । नीतिको उद्देश्य, विषयवस्तु, कार्यान्वयनको अवस्था र यसका असरहरुको Estimation, Assessment र Appraisal नीतिको मूल्यांकन भनिन्छ । नीतिले निर्दिष्ट गरेका उद्देश्यहरु हासिल हुन सके सकेनन तथा सम्बन्धित नीतिको कार्यान्वयनको प्रभाव र असरको लक्षित समूहमा सकरात्मक परिवर्तन देखाउन सक्यो वा सकेन भन्ने कुराको आंकलन गर्ने काम नै नीति मूल्यांकन हो ।

नीति मूल्यांकनले,
– नीति कार्यान्वयनको प्रमुख असर के रह्यो ?
– नीतिको उपादेयता कस्तो रह्यो ?
– Structural/Functional Weakness के देखिए ?
– सुधारका क्षेत्र र विषय के हुन सक्दछन ?
– अब भविष्यमा कसरी अगाडि बढने जस्ता प्रश्नको जवाफ खोज्दछ ।

नीति मुल्यांकनमा,
– Implementability Evaluation कार्यान्वयन गर्न सकिने छ वा छैन हेर्ने ।
– Performance Evaluation- QQCT को मुल्यांकन ।
– Impact Evaluation प्राप्त उपलब्धि हेर्ने ।
– Effectiveness Evaluation- impact को आधारमा Effectiveness हेर्ने ।
– Strategic Evaluation-Long term Impact हेर्ने ।

नीति मुल्यांकनका आधारहरुः
– प्रभावकारीता – अपेक्षित उद्देश्य प्राप्त भयो वा भएन ?
– दक्षता/कार्यकुशलता – लागतको तुलनामा उपलब्धि कति ?
– समता – न्यायोचित वितरण छ छैन ?
– पर्याप्तता – कुनै उद्देश्य प्राप्त गर्न पर्याप्त छ छैन ?
– उपयुक्तता – उपयुक्त नीति तर्जुमा भयो वा भएन ?
– जवाफदेहिता – आवश्यकता पुरा गर्न सक्यो वा सकेन ?
– जनताको सन्तुष्टिको स्तर कति छ ?
– Rationality
– Value for Money
– Inclusiveness

प्रतिक्रिया दिनुहोस्