Hello NEw
राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारहरुको मनोनयन दर्ता
काठमाण्डौ, २० पुस । माघ ९ गते हुने भनिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
दलका उम्मेदवारहरुले सबै प्रदेशको राजधानीमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । काठमाण्डौमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वेदुराम भुसाल र गंगा बेल्बासे मनोनयन दर्ता गराएको छ ।
त्यस्तै नेपाली कांग्रेसका हरिशरण श्रेष्ठ र छलिकुमारी शर्मा उपाध्याय तथा नेपाल मजदूर किसान पार्टीका कृष्ण बहादुर तामाङ र गीता काफ्लेले मनोनयन दर्ता गराएको छ ।
राष्ट्रिय सभा सदस्य उम्मेदवार, नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्ममा मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था अनुसार दलका उम्मेदवारहरुले आ–आफ्नो प्रदेशमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।
