Logo

Hello NEw

इन्सपेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाण्डु, २१ पुस । महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक (इन्सपेक्टर) जय नेपाल थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

इन्सपेक्टर थापाले वैदेशि रोजगारीमा ठगी गरेको उजुरी परेका अभियुक्तलाई पक्राउ गर्नुपर्नेमा मुद्दा नै मिलाइदिन्छु भन्दै ४० हजार घुस लिएका थिए ।

अख्तियारको टोलीले केही दिन अगाडि थापालाई ४० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध ४० हजार बिगो तथा बिगोअनुसार जरिवानासहित ४ महिना कैद सजायको मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्