Hello NEw
बालुवाटार जग्गा प्रकरण : प्रमुख आयुक्त फरार
काठमाडौं, २१ पुष । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यात फरार भएका छन् । बालुवाटार जग्गा प्रकरणमा उनको नाम मुछिएको छ । सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बस्न्यातको बयान लिन खोजिरहेको छ ।
स्रोतका अनुसार बालुवाटार जग्गा प्रकरणमा आयोगले बस्न्यातसँग बयान लिन खोजेको हो । तर, उनी भने यतिवेला सम्पर्कमा छैनन् । बस्न्यातमात्रै नभएर यो प्रकरणमा जोडिएका सबै व्यक्तिसँग अख्तियारले बयान लिन खोजेको छ । विशेषतः अख्तियारले तत्कालीन भौतिक पूर्वाधारसचिव बस्न्यातसँग बयान लिनको लागि आफ्नो तर्फबाट सक्रियता बढाएको छ ।
सरकारी जग्गा व्यक्तिको नाममा बनाउने प्रकरण २०६६ मा भएको थियो । त्यतिवेला माधव कुमार नेपाल प्रधानमन्त्री थिए । कांग्रेसका उपसभापति विजयकुमार गच्छदार त्यतिवेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वमा थिए । २९ चैत २०६६ को मन्त्रिपरिषद बैठकले नक्कली मोही खडा गरेर सरकारी जग्गा व्यक्तिको नाममा पु¥याएको थियो ।
