Logo

Hello NEw

अनुदान लिन प्राधिकरणले तोक्यो समय सीमा



काठमाडौं, २१ पुसर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण गर्न इच्छुक लाभग्राहीलाई अनुदान लिन समय सीमा तोकेको छ ।

प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्राहीमा कायम भइ हालसम्म अनुदान सम्झौता नगरेका र पहिलो किस्ता नलिएका लाभग्राहीहरूलाई अनुदान लिन समय सीमा तोकेको हो ।

प्राधिकरणले सोमबार सूचना जारी गरेर इच्छुक लाभग्राहीलाई यही पुस मसान्तसम्ममा पहिलो किस्ता र आगामी वैशाख मसान्तसम्म दोस्रो किस्ता लिन अनुरोध गरेको छ ।

यसैगरी गत कात्तिक मसान्तसम्म दोस्रो किस्ता नलिएकाहरूलाई माघ मसान्तसम्मा दोस्रो किस्ता लिन भनेको छ । अनुदान लिएका लाभग्राहीले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्