Logo

Hello NEw

सार्वजनिक नीति कार्यान्वयन, यसका आधार र प्रभावकारि नहुनाका कारणहरु



प्रश्न : सार्वजनिक नीति कार्यान्वयन भन्नाले के बुझिन्छ ?कार्यान्वयनका आधार, कार्यान्वन प्रभावकारि नहुनाका कारणहरु सुझाव गर्नुहोस् ?

कार्यान्वयनको बन्दोवस्तो, कार्यान्वयन र अनुगमन । सार्वजनिक नीतिलाई व्यवहारमा लागु – गर्ने काम नै नीति कार्यान्वयन हो । नीतिलाई कार्यक्रममा आत्मसात गर्दै जाने र मुल प्रवाहमा समेटेर जाने कार्य हो । तर्जुमा गरेका नीतिलाई व्यबहारमा लागु गर्ने काम नै नीति कार्यान्वयन हो । यस्लाई Putting Policy into Efforts for Best Result भनिन्छ ।

नीति कार्यान्वयन गर्दा निम्न कुरामा ध्यान पुर्याउनु पर्छ ।
– Strategic Implementation
– Plan, Action Plan बनाइन्छ ।
– Structural Implementation
– Organisation Setup, क्षमता र समन्वय हेरिन्छ ।
– Operational Implementation
– मार्गदर्शन, कार्यविधि र प्रकृया निर्धारण गरीन्छ ।
– Behavioral Implementation
– पैरवि, प्रोत्साहन र सचेतना हेरिन्छ ।

सार्वजनिक नीति कार्यान्वयनका आधारहरु यस प्रकार छन्;
– लक्ष्य स्पष्ट हुनु पर्दछ ।
– व्यापक जनसमर्थन हुनुपर्दछ ।
– प्रभावकारी र निष्पक्ष संचार चाहिन्छ ।
– कार्यान्वयन आदेशमा एकरुपता हुनु पर्दछ ।
– आवश्यक कानून र कार्यविधिको तर्जुमा गर्नु पर्दछ ।
– संगठन, कर्मचारी र श्रोत साधनको व्यबस्था गर्नु पर्दछ ।
– जिम्मेवारी र उत्तरदायित्वको किटान गर्नुपर्दछ ।
– कार्यान्वयन योजना बनाउनु पर्दछ ।
– Risk Analysis गरी घटाउनु पर्दछ ।
– राजनीतिक प्रतिबद्दता र सहयोग चाहिन्छ ।
– सरोकारवालाको सहभागिता बढाउनु पर्दछ ।
– अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाउनु पर्दछ ।
– Monitoring for Correction and Evaluation for Reform.
– Ownership, Vision, Capacity, Sensitivity/Selectivity and Implementability ले नै कार्यान्वयन योग्य नीति निर्माण हुन्छ ।

नेपालमा सार्वजनिक नीति कार्यान्वयनको समस्याहरु यस प्रकार छन्;
– लक्ष्य महत्वकांक्षि तर क्षमता कम ।
– नीतिको प्रचार नहुने सरोकारवालालाई सहभागि नगराइने ।
– संस्थागत अप्रभावकारीता ।
– नीतिगत अस्थिरता ।
– Demandbase भएनन ।
– नीति वस्तगत भएनन । नीति विश्लेषणको अभाव ।
– नीतिबाट तदर्थ समाधान खोज्ने, दिर्घकालीन प्रभाव नहेर्ने ।
– तर्जुमालाई नै उपलब्धि मान्ने प्रवृति छ ।
– कार्यान्वयन कार्ययोजना बनाइदैन ।
– अनुगमन मुल्यांकन र पुरस्कार व्यवस्थापन कमजोर छ ।
– विगतका नीतिको प्रभावका बारेमा Feedback लिइदैन ।

नीति कार्यान्वयनमा सार्वजनिक प्रशासनको भूमिका:
– नीति कार्यान्वयनको बन्दोवस्ती मिलाउने ।
– नीतिको प्रचार प्रसार, संस्थागत संरचना, जनशक्ति, श्रोत साधन, कार्यान्वयन कार्ययोजना ।
– कार्यान्वयन गर्ने ।
– सरोकारवालाको सहभागिता जुटाउने, वजेट निकासा र खर्चको व्यवस्था, विवाद समाधान गर्ने ।
– अनुगमन गर्ने ।
– निरीक्षण सुपरीवेक्षण Feedback, समस्या समाधान, सुधार, दण्ड पुरस्कार ।

प्रतिक्रिया दिनुहोस्