Logo

Hello NEw

नेपालमा नीति अनुगमन तथा मुल्यांकनका समस्याहरु र नीति सफल नहुनाका कारणहरु



प्रश्न : नेपालमा नीति अनुगमन तथा मुल्यांकनका समस्याहरु उल्लेख गर्दै नीति सफल नहुनाका कारणहरु बुंदागत लेख्नुहोस् ?

नीति अनुगमन तथा मुल्यांकनका समस्याहरु
– नीति लक्ष्यमा स्पष्टता छैन ।
– कारण र परिणाम छुट्टयाउन गाह्रो छ ।
– द्यष्बक हुने अवस्था छ ।
– मूल्यांकन औपचारिकतामा मात्र सिमित छ ।
– नीति प्रभावको अनिश्चितता छ ।
– नीति प्रभावको फैलावट वढी छ ।
– अनुगमनको कार्ययोजना अभाव छ ।
– प्रभाव मुल्यांकन हुने गरेका छैन ।
– नीति निर्माण र निर्णयमा भिन्नता छट्याउन सकिएन ।

नेपालमा सार्वजनिक नीति तर्जुमा Hypothesis मा आधारित हुन्छ भने कार्यान्वयन Reality मा आधारित हुने भएकाले कार्यान्वयनमा समस्या छ । नीति विश्लेषण गर्नै निकायको अभाव छ ।

Evaluation Effectiveness is Determined by – (A×W×I)+E

A = Ability Factor
– अनुगमन र मुल्यांकन गर्ने क्षमता कम छ ? Resource, Manpower, Skill, Information को कमिले ।

W = Willingness Factor
– राजनतिक र प्रशासनिक प्रतिवद्धता छैन ।
– Buck Passing Tendency छ ।
– Performance oriented Culture छैन ।
– कर्मचारीको अवरोध छ ।

I = Instrumentality Factor
– Indicator वस्तुनिष्ठ र समय सापेक्ष छैनन ।
– Procedure झन्झटिलो छ ।
– Action Plan बनाइदैन ।

E = Environmental Factor
– Supporting Environment छैन ।
– Politician, Donor Agency / Citizen को Co-operation कम छ ।

नेपालमा सार्वजनिक नीतिहरु किन सफल हुँदैनन ?
– श्रोत साधनको अपर्याप्तता छ ।
– निष्क्रिय प्रशासनका कारण ।
– जनताको प्रतिक्रिया नकरात्मक हुने भएकाले ।
– असंगत,महत्वाकांक्षि र नमिल्दा लक्ष्यहरु ।
– वृहत लागत ।
– समाधान विहिन समस्या ।
– समस्यामा परिवर्तन आइरहने ।
– नयाँ समस्याको श्रृजना भएमा ।
– बहुतत्वको उपस्थिति ।
– बढ्दो राजनीतिक दवाब ।
– नीतिको उद्देश्य र बजेट बिच तालमेल नहुनु ।
– Need Based हुदैनन ।

निश्कर्ष:
नीतिको प्रभावकारी कार्यान्वयनको लागि अनुगमन प्रभावकारि हुनुपर्छ । कार्यान्वयन गर्ने निकायले
प्रभावकारि कार्ययोजना तयार गरि गर्नुपर्दछ । Ongoing policies, sick policies र dead policies छुट्याई अनुगमन गर्नुपर्दछ । नीतिको प्रभाव, असर र उपादेयता कस्तो रह्यो हेरि सुधारका क्षेत्र र विषयहरु के के हुन सक्छन् मूल्याकंनबाट अघि बढ्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्