Logo

Hello NEw

इजरायल रोजगारी खुलाउने तयारी



काठमाडौं, २२ पुस । सरकारले इजरायल रोजगारीलाई खुलाउने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले इजरायल रोजगारीलाई खुलाउन पहल गर्ने बताएका हुन् ।

आफ्नो तीन महिने कार्ययोजना तथा प्रगति विवरण पेश गर्दै उनले बन्द रहेको इजरायल रोजगार खुलाउन पहल भइरहेको बताए । ३६ वटा कामको विवरण पेश गर्दै उनले जापान रोजगारीमा पठाउन पनि पहल भइरहेको बताए ।

आफु मन्त्री भएको डेढ महिनामा ३ हजार ६ सय ६६ जनालाई सिपमुलक तालिम दिएको समेत बताए । उनले अबको तीन महिनामा श्रम बैंकलाई सुचारु गर्ने र श्रमिक बैंक गठन गर्नलाई गृहकार्य गर्ने योजना समेत सुनाए ।

नीजि क्षेत्रसँग मिलेर काम गर्ने लगायतका कार्ययोजना उनले पेश गरे। यो वर्ष मात्र ६० हजारलाई बेरोजगार भत्ता वितरण गर्ने मन्त्रालयको योजना रहेको छ। गत वर्ष १ लाखले बेरोजगार भत्ता पाएका थिए। उनले वैदेशिक रोजगारलाई थप व्यवस्थित गर्न वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने तयारी भइरहेको समेत बताए ।

अबको तीन महिनामा थप १ लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने गरी मन्त्रालयले तयारी गरेको मन्त्री रायले बताए । हालसम्म एक लाख ३५ हजार श्रमिक कोषमा सुचिकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्