Logo

Hello NEw

आज र भोलि देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने



काठमाण्डौ, २३ पुस । बुधबार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वमा धुम्म परिरहेको मौसम रहिरहने र मेघगर्जनसहित पानी पर्ने छ ।

यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने सम्भावना रहेको छ । बुधबार र बिहीबार देशभरिकै मौसम बदली भए पनि शुक्रबारदेखि भने मौसम बिस्तारै खुल्ने मौसमविद्को अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्