Hello NEw
सेवा प्रवाहमा सामाजिक संजालको प्रयोग, यसको फाइदा र सार्वजनिक निकायले प्रयोग गर्दा ध्यान दिनु पर्ने विषयहरु
प्रश्न : सेवा प्रवाहमा सामाजिक संजाल प्रयोग गर्दा के कस्ता फाइदा पुग्न सक्दछन? सार्वजनिक निकायले सामाजिक संजाल प्रयोग गर्दा ध्यान दिनु पर्ने विषयहरु उल्लेख गर्नुहोस ? (१०)

सरल सेवा प्रवाहका लागि सामाजिक संजाल
राज्यले नागरिकको सर्वाङ्घीण हितका लागि उपलव्ध गराउने सेवा सुविधाको समष्टीगत स्वरुपलाई सार्वजनिक सेवा प्रवाह भनिन्छ । सशुल्क र निशुल्क उपलव्ध हुने यस्तो सेवा वितरणलाई प्रभावकारी वनाउन आधुनिक प्रविधिको प्रयोग हुदै आएको छ । यस्तो प्रविधिमा कम्प्युटर, इन्टरनेट, फेसवुक, भाइवर आदि पर्दछन । विद्युतीय कारोवार ऐन र सरकारी निकायद्धारा सामाजिक संजाल प्रयोग गर्ने कार्यविधि २०७५ ले पनि सेवा वितरणमा सामाजिक संजाल प्रयोगमा जोड दिएको पाइन्छ ।
सेवा प्रवाहमा सामाजिक संजाल प्रयोगका फाइदाहरु
– सेवा प्रवाह सरल, सरस र प्रभावकारी हुने,
– समय, लागत र श्रमको वचत हुने,
– तेकिएको समयमै सूचना प्रवाह हुने,
– गुनासो सुनुवाई समयमै हुने,
– सेवाग्राहीको सन्तुष्टी आर्जन हुने,
– परम्परागत सूचना प्रणालीमा लाग्ने खर्च कम हुने,
– सरोकारवाला सबैमा एकै पटक सूचना पुर्याउन सहज हुने,
– सार्वजनिक सेवा समय सापेक्ष र प्रविधि मैत्री हुने,
– इ गभर्नेन्स लागु हुन सहज हुने,
– सेवाग्राहीमा पुग्ने सेवाको विश्वसनीयता वढ्ने,
– मानवीय त्रुटी, गल्ती र कमी कमजोरी न्यूनीकरण हुने,
सामाजिक संजाल प्रयोग गर्दा ध्यान दिनु पर्ने विषयहरु
– सूचना र तथ्यांकको भरपर्दो सुरक्षा हुनुपर्ने,
– गलत विवरण, सूचना र जानकारी नियन्त्रण गर्नुपर्ने,
– व्यक्तिगत विवरण, गोपनीयताको सुरक्षा हुनु पर्ने,
– जनकारी, सूचना दुरुपयोग हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्नु पर्ने,
– आधिकारीक एकाउन्ट, हैन्डील प्रयोग गर्नुपर्ने,
– संजालको खातालाई अद्यावधिक गराउनु पर्ने,
– गुनासो, उजुरी, सुझाव वा प्रतिक्रियाको समयमै सुनुवाई हुनु पर्ने,
– संजाल संचालनकालागि जिम्मेवार व्यक्ति, शाखा, पदाधिकारी तोक्नु पर्ने,
– संजाल प्रयोगको अवस्था र उपयोगीताको सुक्ष्म अनुगमन गर्नु पर्ने,
– व्यत्तिगत विवरण, भावना, विचार संप्रेषण गर्न नहुने,
– भाषा, तस्विर आदि विवरण आदि औपचारिक मात्र प्रयोग गर्नु पर्ने,
अन्त्यमा,
सूचना प्रविधिको युगमा आधुनिक प्रविधियुक्त माध्यम र संजालसंग भाग्ने होइन यसको सफल उपयोग गर्नु पर्दछ । यसकालागि आवस्यक कार्यविधि, उपयुक्त चेतना र जनशक्तीको व्यवस्था गर्नु पर्दछ । संसारका दुई तिहाई वयस्क मानिसले प्रयोग गर्ने सामाजिक संजालको माध्यमवाट नागरिकको सबैभन्दा नजिक सरकार पुर्याउनु आजको आवस्यकता हो ।
व्यक्तिगत घटना दर्ताको आवस्यकता र महत्व लेख्नुहोस ? (५)
व्यक्तिगत घटना दर्ता : जिम्मेवार नागरिकको कर्तव्य
समाजमा व्यक्तिको अस्तित्व रक्षा गर्न राखिने तथ्यांकलाई व्यक्तिगत घटना दर्ता भन्निछ । यस अन्तर्गत व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र वसाई सराई पर्दछन । यिनै घटनाको अभिलेख राख्नु नै व्यक्तिगत घटना दर्ता हो । यो व्यक्तिको कर्तव्य र राज्यको दायीत्व हो । नेपालमा २०३८ सालवाट शुरु भएको हो ।
व्यक्तिगत घटना दर्ताको आवस्यकता र महत्व
– यथार्थपरक नीति तथा कानून निर्माण गर्न,
– जनसाख्यिक वितरणको आधारमा योजना संचालन गर्न,
– मुलुकको जनासख्ंियक स्थिति पत्ता लगाउन,
– व्यक्तिगत घटनाको अभिलेख राख्न,
– कानूनी रुपमा आवस्यक पर्ने कागजपत्र उपलव्ध गराउन,
– सामाजिक सुरक्षाका कार्यक्रमलाई प्रभावकारी वनाउन,
– व्यक्तिगत अधिकारको रक्षा गर्न,
– सामाजिक सुव्यवस्था कायम गर्न,
– सरकारी सेवा वितरणलाई प्रभावकारी वनाउन,
– नागरिकमा राज्यको उपस्थिति देखाउन,
– साधन श्रोतमा समान पंहुच स्थापीत गर्न,
– लक्षीत वर्ग उन्मुख कार्यक्रम संचालन गर्न ।
अन्त्यमा,
राष्ट्र भन्नु नै समग्र नागरिकको समूह हो । त्यसैले मुलुकको पहिचान, विकास र अस्तित्व रक्षाकालागि पनि व्यक्तिगत घटना दर्ताको ठूलो महतव रहन्छ । यसकालागि व्यक्ति स्वयं र राज्य दुवैले ध्यान दिनुपर्ने देखिन्छ ।
