Hello NEw
४० हजार घुससहित भूमिसुधारका खरिदार पक्राउ
परासी, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदार नेत्रबहादुर चौधरीलाई ४० हजार घुससहित पक्राउ गरेको छ । पश्चिम नवलपरासीको भूमिसुधार तथा मालपोत कार्यालय परासीको भूमिसुधार शाखामा कार्यरत खरिदार चौधरीलाई बुधबार घुससहित पक्राउ गरेको हो ।
भूमिसुधार तथा मालपोत कार्यालयको सम्पूर्ण काम एउटा भवनबाट हुँदै आएको भएपनि शाखाको काम भने छुट्टै भवनबाट हुने गरेको छ।
शाखा भवनमा बोलाएर चौधरीले मोहीको जग्गा बाँडफाँडलाई मिलाइ दिने भन्दै सेवाग्राहीसँग रकम लिँदै गर्दा पक्राउ गरिएको थियो । बुटवल उपमहानगरपालिका बुद्धनगर घर भएका चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
