Logo

Hello NEw

शान्ति सेनालाई सतर्क रहन निर्देशन



काठमाडौं, २४ पुस । नेपाली सेनाले आफ्ना शान्ति मिसनलाई सतर्क रहन निर्देशन दिएको छ । इरानका जनरल कासिम सुलेमानी अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि खाडी क्षेत्रमा देखिएको परिस्थितिलाई नियाल्दै नेपाली सेनाले आफ्ना शान्ति मिसनलाई सतर्क रहन यस्तो निर्देशन दिएको हो ।

इराकमा रहेका गार्ड युनिट, लेवनन र सिरियामा रहेका शान्ति सेना सकुशल रहेको र उनीहरूलाई थप सतर्क रहन सेनाले बुधबार सर्कुलर गरेको छ । अमेरिकाको प्रतिकार गर्दै इरानले इराकमा तैनाथ अमेरिकी सेनाका विभिन्‍न वेशमा मिसाइल आक्रमणपछि नेपाली सेना पनि झस्केको हो ।

आफ्ना जवान तथा अधिकृत त्यहाँ रहेको भन्दै उनीहरू अहिले सकुसल रहेको र त्यहाँको परिस्थितिलाई नियाली रहेको समेत जानकारी दिइएको छ । शान्तिका लागि इराकमा रहेका नेपाली सेनाका किर्कुक र अर्विलस्थित राष्ट्रसंघीय बेसमा तैनाथ नेपाल गार्ड युनिटका शान्ति सैनिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन जंगी अड्डाले निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्