Hello NEw
साधारणसभा नगर्ने सहकारीहरु बन्द गरिने
काठमाडौं, २४ पुस । लेखापरीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीहरुलाई बन्द गरिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लेखापरीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीहरुलाई बन्द गर्ने चेतावनी दिएकी हुन् ।
राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाका अवशरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले निष्कृय रहेको संस्थालाई तुरुन्त बन्द गर्ने प्रक्रिया अघि बढाइने भन्दै ‘एक घर एक सहकारी सदस्य’ अभियान चलाउन आग्रह गर्दै उनले सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने बताइन् ।
मन्त्री अर्यालले राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि एउटा बलियो खम्बा सहकारी भएको बताइन ।
