Logo

Hello NEw

आजदेखि सोमबारसम्म मौसम सफा रहने



काठमाण्डौं, २५ पुस । केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि आजदेखि मौसम सुधार हुने मौसमविद्ले बताएका छन् । मौसम पुर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म देशभरको मौसम सफा रहने जनाएको छ ।

अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै हट्दै जाने जानेछ । कुहिरो हटे पनि देशको मध्य र पूर्वका आकाशमा भने आंशिकरुपमा बादल लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिए ।

तर बेलुकाको समयमा भने मध्य र पूर्वी पहाडी भेगका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । काठमाडौ उपत्यकाको शुक्रबार बिहान पौने ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्