Hello NEw
प्रहरी अधिकृतविरुद्ध मुद्दा
काठमाडौं, २५ पुस । धनुषास्थित इलाका प्रहरी कार्यालय, यज्ञभूमि (धारापानी) का प्रहरी नायब निरीक्षक ९सइ० कालिचरण पंजियारविरुद्ध मुद्दा दायर गरिएको छ ।
पंजियारले सवारी दुर्घटनामा क्षतिपूर्ति दिने भन्दै सेवाग्राहीसँग १५ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
