Hello NEw
राष्ट्रियसभा निर्वाचन : प्रचारप्रसारमा उम्मेदवारहरु
काठमाडौं, २७ पुस । राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनमा भाग लिएका उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
निर्वाचन आयोगबाट शुक्रबार निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवार चुनाव प्रचारप्रसारका लागि निस्किएका हुन् । उक्त निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्टीका सात, राष्ट्रिय जनता पार्टी नेपालका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र राष्ट्रिय जनमोर्चा पार्टीका दुई उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष तथा प्रदेशसभा सदस्य यस निर्वाचनमा मतदाताका रुपमा रहेका छन् । आयोगले उम्मेदवारलाई सम्बन्धित पार्टीकै निर्वाचन चिन्ह प्रदान गरेको छ । मुलुकका सातै प्रदेशमा महिला समूहतर्फ सात, दलित समूहतर्फ दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ दुई र अन्य समूहतर्फ सात गरी जम्मा १८ पदका लागि यो निर्वाचन हुन लागेको हो ।
उक्त निर्वाचनमा महिला समूहतर्फ १६, दलित समूहतर्फ पाँच, अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ पाँच र अन्य समूहतर्फ १९ गरी जम्मा ४५ जना उम्मेदवार छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को घोराही, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
उक्त निर्वाचनमा परिणाम आफनो पक्षमा ल्याउन नेकपा र राजपा तथा नेपाली काँग्रेस र समाजवादी पार्टीले चुनावी तालमेल गरेका छन् ।
