Logo

Hello NEw

सार्वजनिक सेवा वडापत्रको अवधारण र यसले सेवा प्रवाहमा पुर्याएको योगदान



सार्वजनिक सेवा वडापत्रको अवधारण बारे चर्चा गदै यसले सार्वजनिक सेवा प्रवाहमा पुर्याएको योगदान उल्लेख गर्नुहोस् ? (१०)

डा. टोकराज पाण्डे, सह सचिव (नेपाल सरकार)

“सेवाको प्रभावकारीताको लागि सेवा वडापत्र”
सेवाको विस्तृत विवरण सहित कार्यालयको पहुचँयोग्य ठाउँमा राखिएको सूचनापत्र नै सेवा वडापत्र हो । यसमा सेवाप्रदायकले सेवाग्राहीलाई प्रदान गर्ने सेवाको पूर्ण विवरण र सोको प्रतिवद्धता राखिएको हुन्छ । सार्वजनिक सेवा वडापत्रको अवधारणाको विकास बेलायतका प्रधानमन्त्री जोन मेजरले सन् १९९१ मा ल्याएका हुन् ।

सार्वजनिक सेवा वडापत्रको उदेश्य भनेको नागरिकलाई सेवा बारे सूसूचित गराउनु, सेवा प्रदायक निकायको जिम्मेवारी र दायित्व सिर्जना गर्नु, तथा सेवा प्रवाहमा शिघ्रता र सरलता कायम गर्नु हो । नेपालमा सार्वजनिक सेवा वडापत्रको अवधारणा बारे सुशासन ऐन २०६४ ले स्पष्ट पारेको हो । हाल नेपालमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र कार्यान्वयनमा आएको छ । सार्वजनिक सेवा वडापत्रको व्यवहारिक कार्यान्वयन गरी यसको प्रभावकारीतामा वृद्धि गदै लैजानु आजको आवश्यकत्ता हो ।

सार्वजनिक सेवा वडापत्रले सेवा प्रवाहमा पुर्याएको योगदान;
– सेवाबारे नागरिकलाई सूसूचित गराएको छ,
– सरकारी निकाय र अधिकारीको दायित्व र जिम्मेवारी सिर्जना भएको छ,
– सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता वढाएको छ,
– सेवा प्रवाहमा सरलता र शीघ्रता हासिल भएको छ,
– सूचनाको हक कार्यान्वयनमा सहयोग पुगेको छ ।
– गुणस्तरीय सेवा प्रवाह भएको छ
– सेवामा नागरिकको सहभागिता बढेको छ
– सेवाप्रति जनविश्वास कायम भएको छ
– सेवाको गुनासो कम हुनुको साथै गुनासो सुनवाइमा मद्दत पुगेको छ
– सुशासनको प्रर्वद्धनका साथै विधिको शासन कायममा सहयोग पुगेको छ
– सेवाप्रदायक र सेवाग्राहीबीचको सम्बन्धलाई समुधुर बनाएकोे छ
– झन्झटिलो कार्यप्रक्रियालाई सहजीकरण गरेको छ
– सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्राप्त गर्ने तथा सेवाबारे सूसुचित हुने अधिकारको सुनिश्चित भएको छ
– सेवाग्राहीको सन्तुष्टीको मापन गर्ने आधार वनेको छ,
– अनुमानयोग्य सेवा प्रवाह प्रणालीको विकास भएको छ,
– समग्रमा सरकारी कार्यालयप्रति रहेको जनगुनासोको सम्बोधन भएको छ ।

अन्त्यमा,
सार्वजनिक सेवा वडापत्र सरकार र नागरिक बीचको सम्बन्धलाई प्रभावकारी सेवाको माध्यमबाट समुधुर बनाउने एउटा सयन्त्र भएकोले यसबाट जनसन्तुष्टि कायम गर्न वल पुग्दछ । क्षतिपूर्ति सहितको वडापत्रको व्यवस्था गरी यससम्बन्धि समस्याहरुको उचित सम्बोधन गर्न सकेमा नागरिकले असल शासनको अनुभूति गर्ने देखिन्छ ।

संविधानवादको महत्वबारे चर्चा गर्नुहोस् ? (५)

“संवैधानिक सर्वोच्चता संविधानवाद”
संवैधानिक सर्वोच्चतालाई स्वीकार गरी संविधान बमोजिम संचालित शासन व्यवस्थालाई संविधानवाद भनिन्छ । संविधानवाद संविधानको आदर्श भएकोले सीमित सरकार वा जनउत्तरदायी सरकारको प्रत्याभूति भएको संवैधानिक शासन नै संविधानवाद हो । लिखित संविधान तथा संविधानको सर्वोच्चता, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, समावेशी शासन प्रणाली आदि संविधानवादको लागि आधारभूत तत्वहरु हुन् ।

संविधानवादको महत्व
– शासन प्रणालीलाई राज्य संचालनको प्रमुख आधारको रुपमा स्थापित गर्न
– स्वेच्छाचारी शासनको अन्त्य गर्न
– सरकारलाई जनताप्रति बफादार र उत्तरदायी बनाउन
– मुलूकमा विधिको शासन कायम गर्न
– मानव अधिकारको प्रर्वद्धन गरी सुशासनको प्रत्याभूति दिलाउन
– पारदर्शी प्रर्वद्धन मार्फत भष्ट्राचारजन्य क्रियाकलापको अन्त्य गर्न
– नागरिक हकको सुनिश्चितता कायम गर्न
– राज्यका कामकारबाहीप्रति जनविश्वास बढाउन
– स्वतन्त्र, निश्पक्ष र सक्षम न्यायप्रणालीको विकास गर्न
– लोकतान्त्रिक मूल्य र मान्यताको स्थापित गर्न

यसरी,
संविधानवाद विधिको शासनको आधारशिला हो । यसले राज्यका असिमित शक्तिलाई नियन्त्रण गरी कानूनी राज्य संचालन गर्न मद्दत पुर्याउने भएकाले यसप्रति संवेदनशील भई जिम्मेवारपक्ष बाट यसको कार्यान्वयनमा टेवा पुर्याउनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्