Hello NEw
चीनसँगको पारवहन सम्झौता कार्यान्वयनमा
काठमाडौं, २७ पुस । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न सक्नेछ ।
पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको हो । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयकाले दिएको जानकारी अनुसार चीनका तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह नेपालले प्रयोग गर्न सक्नेछ ।
त्यसैगरी तीन सुख्खा बन्दरगाहहरु लन्झाउ, ल्हासा र सिगात्सेपनि नेपालले प्रयोग गर्ने बाटो खुलेको छ । यहि जनवरी १ बाट पारबहन सम्झौता कार्यान्वयनमा आएको हो ।
चीन तर्फका ६ वटा नाकाहरु प्रयोग गर्ने सहमति पनि भएको छ । रसुवा र तातोपानी (कोदारी) नाका यसअघि नै सञ्चालनमा आइसकेको छन् भने हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका व्यापारका लागि नेपालले प्रयोग गर्न सक्नेछ ।
