Logo

Hello NEw

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन माघ ६ गते



धनगढी, २७ पुस । सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन माघ ६ गते दिउँसो २ बजेका लागि बोलाइएको छ।

सभामुख अर्जुनबहादुर थापाले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर अधिवेशनको प्रदेश प्रमुखले आह्वान गरिसकेको जानकारी दिए। ‘प्रदेशसभामा कुनै पनि विधेयक दर्ता भने भएको छैन् ।

प्रदेशसभाको आगामी अधिवेशनमा पेश गर्नका लागि प्रदेश सरकारले चार विधेयकको मस्यौदा स्वीकृत गरिसकेको छ ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा, साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ को मस्यौदा, निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ को मस्यौदा र रेडियो एफएफ र टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्