Logo

Hello NEw

सुशासनको परिचय तथा यसका प्रमुख सूचकहरु र वर्तमान जिन्सी स्रेस्ता प्रणाली



प्रश्न : सुशासनको परिचय दिदै यसका प्रमुख सूचकहरु उल्लेख गर्नुहोस । (१०)

डा. टोकराज पाण्डे, सह सचिव (नेपाल सरकार)

राज्य संयन्त्रलाई नागरिककोे सहभागीतामा र आवश्यकता अनुसार संचालन गर्नु नै सुशासन हो । शासकीय पात्रहरूमा निहित शक्ति, अधिकार र दायित्व नागरिक सेवा र सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणालीलाई समेत सुशासन भनिन्छ । सेवा प्रवाह तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई समेत सुशासन भनिन्छ ।

नेपालको संविधान, सुशासन ऐन, चालु योजना र अन्य क्षेत्रगत नीतिहरुले समेत सुशासन, नागरिक सहभागीता र जनसन्तुष्टीमा जोड दिएका छन । सन् १९८९ मा विश्व बैंकले विकास परियोजना सञ्चालनका लागि यसको अवधारणा अगाडि ल्याएको हो । नेपालमा २०४६ को राजनैतिक परिवर्तन पछि यस विषयले वढि महत्व पाउदै गएको छ ।

सुशासनका प्रमुख सूचकहरु;
– नागरिकको प्रत्यक्ष सहभागीतामा जनसहभागितामूलक शासन व्यवस्था,
– जनता प्रति प्रत्यक्ष उत्तरदायी सरकार सञ्चालन,
– समग्र शासन प्रक्रियामा पारदर्शिता अवलम्बन,
– विधि, पद्धति र कानुनमा आधारित शासन व्यवस्था,
– सरोकारवाला प्रति जवाफदेही शासन सञ्चालन,
– निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता,
– प्रशासनको सरलीकरण र जनमुखी सेवा प्रवाह,
– सामाजिक न्याय र समावेशितामा आधारित समाज निर्माणमा जोड,
– आर्थिक अनियमितता र भ्रष्टाचार रहित समाजको परिकल्पना,
– राज्यका सवै क्षेत्रमा दण्डहीनताको अन्त्य र कानुनको परिपालना,
– प्रचलित मूल्य, मान्यता र नियम कानुनको पूर्ण परिपालना,
– आर्थिक रुपमा वित्तीय जवाफदेहिता प्रवद्र्धन,
– निष्पक्ष, जनमुखी र स्वतन्त्र प्रेसको व्यवस्था ।

निष्कर्ष,
न्याय र शान्तिमा आधारित शासन पद्धति हो सुशासन । यसकालागि लोकतन्त्र, मानव अधिकार र विधिको शासन पूर्वशर्तका रुपमा रहेको हुन्छ । सबै शासनको अन्तिम लक्ष्य नागरिक सन्तुष्टी भएकाले जनताको आकांक्षा संवोधन गर्दै सुशासन कायम गर्दै अगाडी वढ्नु आजको नंया नेपालको खांचो हो ।

प्रश्न : वर्तमान जिन्सी स्रेस्ता प्रणालीवारे छोटकारीमा उल्लेख गर्नुहोस । (५)

कार्यालय सामानको संरक्षणकालागि जिन्सी प्रणाली :
जिन्सी मालवस्तुको सम्पूर्ण अवस्था देखाउने विवरणलाई जिन्सी स्रेस्ता प्रणाली भनिन्छ । कार्यालयमा रहेका कम्प्युटर, दराज, टेवल रजिष्ट्रर लयागतका भौतिक सामाग्रीलाई जिन्सी सामान भनिन्छ । जिन्सी मालसामानको संरक्षण गर्नु अनावस्यक खर्च हुन नदिनु तथा मालसामानको प्रयोगमा मितव्ययीता र पारदर्शीता कायम गर्नु जिन्सी स्रेस्ता प्रणालीको मुल उद्देश्य हो । यसलाई व्यवस्थीत गर्न कानून, फाराम एवं संयन्त्रहरुको व्यवस्था गरिएको छ ।

जिन्सी स्रेस्ता प्रणाली
– नेपालमा २०२० साल अगाडी पुरानो जिन्सी स्रेस्ता प्रणाली कायम रहेको,
– नंया जिन्सी स्रेस्ता प्रणाली २०२० माघ १ पछि शुरु भएको,
– यसकालागि मलेप फारामहरु प्र्रयोगमा ल्याइएको,
– हाल मलेप फाराम नं ४५ देखि ५७ सम्मका फारमहरु जिन्सी स्रेस्ताकालागि प्रयोगमा छन,
– यसमा विशेषत खर्च भएर जाने खाता र खर्च भएर नजाने खाता महत्वपूर्ण छन,
– जिन्सी स्रेस्ता प्रणालीको मूख्य उद्देश्य कार्यालय सामान हराउन, मासिन र दुरुपयोग हुन नदिने हो,
– आर्थिक कार्यविधि नियमावली २०६४ ले सजीव वा निर्जीव समस्त मालसामानलाई जिन्सी भनेर उल्लेख गरेको छ,
– स्रेस्ता भन्नाले कुनै वस्तु वा चीजको आम्दानी, खर्च वा वांकीको विवरण प्रष्ट देखिने गरी राखिएको अभिलेखलाई वुझिन्छ,
– जिन्सी स्रेस्तामा प्रयोग हुने १३ वटा फारामहरुमध्ये हाल मलेप फाराम नं ५४ प्रचलनमा रहेको छैन,
– यो नंया स्रेस्ता प्रणालीको अभिन्न अंग हो ।

अन्त्यमा,
जिन्सी स्रेस्ता प्रणालीले जिन्सी मालसामानको आम्दानी खर्च र वांकीको यथर्था अवस्था देखाउने र कार्यालयको कार्य संचालनमा सहजता प्रदान गर्ने भएतापनि उद्देश्य अनुसार यसको व्यवस्थापन हुन सकेको पाइदैन । जिन्सी सामानको वैज्ञानिक उपयोग, व्यवस्थापन र अभिलेख राख्नु आजको आवस्यकता हो ।

प्रतिक्रिया दिनुहोस्