Logo

Hello NEw

प्रदेश २ मा सबैभन्दा बढी भ्रष्टाचार



काठमाडौं, २९ पुस । बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९ औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ ।

यस्तै बागमती पनि सोही प्रदेशकै हाराहारीमा रहेको छ । काठमाडौँका विभिन्न मन्त्रालय तथा उच्च सरकारी निकायसमेत यही प्रदेशमा भएकाले पनि भ्रष्टाचारजन्य गतिविधि र उजुरी सङ्ख्याका आधारमा बागमती पनि उच्च स्थानमा रहेको हो । सो प्रदेशमा कूल २१ दशमलव १६ प्रतिशत उजुरीको सङ्ख्या रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा भौगोलिक आधारमा प्रदेश नं १ को आठ दशमलव ८४ प्रतिशत, गण्डकी प्रदेशको ६ दशमलव ०७ प्रतिशत, प्रदेश नं ५ को १० दशमलव ९३ प्रतिशत रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशको पाँच दशमलव २३ प्रतिशत रहेको छ । त्यस्तै सुदूरपश्चिमको सात दशमलव ४० प्रतिशत रहेको छ । बाँकी रहेको १८ दशमलव ८५ प्रतिशत उजुरी गैरकानूनी सम्पत्ति आर्जन एवं नक्कली प्रमाणपत्रको रहेको आयोगले जानकारी दिए ।

राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएपछि आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता कोइरालाले आव २०७५/७६ मा विस्तृत अनुसन्धानबाट ६५३ कारवाही भएका बताए । त्यसमा मुद्दा दर्ता गरिएका ३५१, सम्बद्ध निकायलाई सुझाव दिएका १०५, विभिन्न कारवाहीका लागि लेखी पठाइएका ४६, तामेलीमा राखिएका १३७ र मुल्तबीमा राखिएका १० तथा अन्य चार उजुरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्