Logo

Hello NEw

छानबिन आयोगमा पाँच सदस्यीय पदाधिकारी सिफारिस समिति गठन



काठमाडौँ १४ चैत्र — सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सत्य निरुपण तथा मेलमिलाप र  बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारी नियुक्ति सिफारिस समिति गठन गरेको छ ।


बिहिबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बेपत्ता छानबिन र मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य नियुक्ति सिफारिस गर्न समिति गठन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए ।

उनका अनुसार पाँच सदस्यीय सिफारिस समितिमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मिश्र अध्यक्ष, सदस्यहरुमा वरिष्ठ अधिवक्ता रामनाथ मैनाली, प्रेमबहादुर खड्का, शर्मिला कार्कीलाई चयन भएका छन् । अर्का एक सदस्य भने राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा उनले तोकेका व्यक्ति रहने छन् ।

प्रतिक्रिया दिनुहोस्