Logo

Hello NEw

२७ लाखको रुमाल बरामद



कञ्चनपुर, २९ पुस । कञ्चनपुरको महाकाली नगरपालिकाबाट भन्सार छलेर भारत निर्यात हुन लागेको २६ लाख ८८ हजार बराबरको महिला रुमाल (गम्छा) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

महाकाली नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल बिओपी पोष्टले भारत निर्यात हुँदै गरेको अवस्थामा भारतीय नम्बरको युपे १८ सिए ४८९२ नम्बरको ट्रकबाट हालै सो मूल्य बराबार रुमाल नियन्त्रणमा लिएको पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामसिंह भण्डारीले जानकारी दिए ।

प्रहरीले ट्रक र सामान करिब ३९ लाख ५० हजार मूल्य बराबरको रहेको र थप कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाए हो ।

प्रतिक्रिया दिनुहोस्