Hello NEw
स्ववियु चुनाव फागुन १४ मा, तयारी थाल्न त्रिविको निर्देशन
काठमाडौं, २९ पुस । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको तयारी सुरू गर्न देशभरका आंगिक क्याम्पसलाई निर्देशन दिएको छ ।
विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगा थापाले फागुन १४ गते स्ववियु चुनाव हुने भएकोले देशभरका ६२ क्याम्पसलाई तयारी थाल्न निर्देशन दिएका हुन् ।
त्रिविबाट सम्बन्धन पाएका देशभरका एक हजार ५१ क्याम्पसमा स्ववियु चुनाव हुनेछ । दश वर्षदेखि यी क्याम्पस स्ववियुविहीन थिए । स्ववियु निर्वाचनमा २८ वर्षभन्दा मुनिका विद्यार्थी मात्रै भाग लिन पाउँछन् । स्ववियुका लागि अध्यक्ष, सचिव र कोषाध्यक्षमा प्रत्यक्ष चुनाव हुनेछ ।
