Logo

Hello NEw

नेपालले अवलम्वन गरेको कर नीतिको विशेषताबारे छोटकरीमा उल्लेख गर्नुहोस्



नेपालले अवलम्वन गरेको कर नीतिको विशेषताबारे छोटकरीमा उल्लेख गर्नुहोस् ? (५)

“ राज्यको अनिवार्य मौद्रिक आम्दानी कर ”
राज्यलाई नागरिकले अनिर्वाय रुपमा बुझाउन पर्ने मौद्रिक रकमलाई कर भनिन्छ । कर सरकारलाई विनाशर्त र्तिनुपर्दछ । करदाताले कर तिरेवापत सरकारबाट कुनै प्रत्यक्ष लाभको आशा राख्नुहुदैन । नागरिकबाट उठाइएको करको सही सदुपयोग मार्फत जनतामा कर सदुपयोगको प्रत्याभूति गराउनको लागि सरकारद्धारा अवलम्वन गरिने नीति नै कर नीति हो । नेपालमा कर नीतिलाई पारदर्शी बनाउन स्वयंकर निर्धारण प्रणाली लागु गरिएको छ ।

नेपालको कर नीतिः

  • करको दर नबढाई दायरा विस्तारमा जोड दिइएको छ,
  • करको नयाँ क्षेत्रहरुको पहिचान र विस्तारमा जोड दिइएको छ,
  • संघीय संरचना अनुरुप सघ , प्रदेश र स्थानीय तहलाई कानून बमोजिम आफ्नो
  • अधिकारक्षेत्रमा कर लगाउन र उठाउन सकिने व्यवस्था रहेको छ,
  • कर प्रशासनलाई स्वच्छ, सरल, सहज, पारदर्शी र स्वायत्त बनाइएको छ,
  • करदातामैत्री कर प्रशासनको अवधारणा लागु गरिएको छ,
  • आधुनिक लेखा प्रणालीमा आधारित कर प्रणाली अवलम्वन गरिएको छ,
  • कर प्रणालीलाई व्यवस्था गर्न नयाँ नयाँ कार्यक्रमहरुको व्यवस्था गरिएको छ मङ्सिर १ गतेलाई कर दिवशको रुपमा घोषणा गरिएको
  • राजस्व प्रशासनलाई स्वायत्त र प्रभावकारी बनाउन केन्द्रिय राजस्व बोडको गठन गरिने प्रतिबद्धता रहेको छ,
  • कर प्रशासनमा आधुनिक प्रविधिको प्रयोग बढाउदै लगीएको छ,
  • कर सदुपयोगको प्रत्याभूतिमा जोड दिइएको छ,
  • विदेशी लगानी बढाउन विभिन्न मूलुकसगँ दोहोरो करमुक्ति सम्झौता गरिएको छ ।
  • स्वंयकर निर्धारण प्रणालीलाई प्रोत्साहन गरिएको छ ।

यसरी,
नेपालले उल्लेखित कर नीतिको माध्यमबाट बढी भन्दा बढी कर संकलन गरी देशको अर्थतन्त्रलाई थप चलायमान, उन्नतीशील गराउदै आर्थिक वृद्धिलाई तीव्रत्तर बनाउने लक्ष्य लिएको छ । यसकालागि करमैत्री कानून, दाता मैत्री प्रशासन र सचेत करदाता आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्