Logo

Hello NEw

मनसुन पुनः सक्रिय हुने : यस्तो छ ३ दिनको मौसम पूर्वानुमान



काठमाडौं, १ माघ । बुधबार साँझदेखि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपाल प्रवेश गर्ने पश्चिमी निम्न चापीय प्रणालीको असरले आज रातीदेखि विभिन्न ठाउँमा हिउँ र पानी पर्न सक्ने बताइएको हो ।

बुधबार रातीः पश्चिमी भूभागमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विहिबार दिउसो देशको मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली भई पूर्वी भूभागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको साथै पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

विहिबार राती देशको मध्य तथा पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा साथै पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। मध्य तथा पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ।

यस्तै माघ ३ गते शुक्रबार दिउँसो देशको मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ साथै पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। मध्य तथा पूर्वी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्