Logo

Hello NEw

प्रदेश नं २ मा छोरी शिक्षा बिमा शिविर शुरु



काठमाडौं, २ माघ । महोत्तरीमा आजदेखि छोरी शिक्षा बिमा शिविर शुरु भएको छ । प्रदेश नं २ सरकारबाट ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय र श्री महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयमा छोरी शिक्षा बिमा शिविर शुरु गरिएको हो ।

जलेश्वर नपामा आज र शुक्रबार दुई दिन शिविर सञ्चालन हुनेछ भने महोत्तरीका १५ वटै स्थानीय तहका वडाको सङ्ख्या हेरी एकरदुई दिन गर्दै आगामी फागुनको २ गतेसम्म यो शिविर सञ्चालन सञ्चालन हुनेछन् ।

शिविर गौशाला नगरपालिकामा गएर सम्पन्न हुनेछ । यस कार्यक्रम अन्तर्गत ०७५ माघ २ गतेदेखि आजसम्म जन्मेका बालिकालाई प्रदेश सरकारले २० वर्षपछि एक लाख पाउने गरी निःशुल्क बिमा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्