Hello NEw
सभामुख आउने भएपछि उपसभामुको राजीनामा
काठमाडौं, ६ माघ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएको छ । प्रधानमन्त्री केपी ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सकिएसंगै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने विषयमा टुंगो लागेको हो ।
उपसभामुख तुम्बाहाङ्फेले केही बेर पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिनेबारे जानकारी दिने बताइएको छ ।
यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह शिवमायाले इन्कार गर्दै आएकी थिइन् । आफ्नो राजीनामाले प्रतिनिधिसभामा थप रिक्तता आउने भन्दै उनले राजीनामा नदिने बताउँदै आएकी थिइन् । आइतबार सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उपसभामखुले राजीनामा दिने भएकी हुन् ।
सोमबार अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने जनाएको छ ।
