Logo

Hello NEw

नतिजा सुधारका लागि ट्यूसन पढाउँदै प्रदेश सरकार



रोल्पा, ६ माघ । प्रदेश न. ५ सरकारले आउँदै गरेको एसईई परीक्षामा नतिजा सुधार गर्ने नाममा विभिन्न जिल्लाका ७ सय ४२ विद्यालयमा बिज्ञान र ८ सय ८८ बिद्यालयमा गणित बिषयको ट्युसन कक्षा सुरु गरेको छ। सामाजिक विकास मन्त्रालयको आर्थिक लगानिमा सुरु गरिएको उक्त ट्युसन कक्षाले विद्यार्थिहरु क्याम्पस भर्ना हुन सहज हुने मन्त्रालयले बताएको छ ।

सामुदायिक विद्यालयमा विज्ञान र गणित विषयको नतिजा सुधार भन्दै सुरु गरिएको विषेश कक्षा प्रति शिक्षामा सरोकार राख्नेहरु सन्तुष्ट देखिदैनन् । बिभिन्न जिल्लाका सयौ विद्यालयमा न्युन तलबमा नीजि श्रोतका शिक्षकले पठनपाठन गर्दै आएका छन ।

गतिलो सिकाईका साथ विद्यार्थिलाई ज्ञान दिने भन्दा पनि जसरी पनि एसईई पास गराउने मान्यताले यो कार्यक्रम लागु गरिएको छ ।

रोल्पा र प्युठानमा मात्रै ट्युसन कक्षाका लागि प्रदेश सरकारले करिब ६१ लाख बढि रकम खर्चिने बताएको छ । ५२ दिनसम्म कक्षा कोठामा सोहि स्कुलका शिक्षकले नै पठनपाठन गर्नेछन् ।

१२ वटै जिल्लाका गणित र विज्ञानका शिक्षकहरुलाई आफ्नो सदरमुकाममा बोलाएर प्रदेश सरकारले एक दिने अभिमुखिकरण गोष्ठीमा राखेर कक्षा संचालनका बारेमा छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्