Logo

Hello NEw

दुवै देशका प्रमद्वारा संयुक्त उद्घाटन गरि आईसीपी हस्तान्तरण



विराटनगर, ६ माघ । नेपाल र भारतको सीमा क्षेत्र विराटनगर–१८, बुधनगरमा निर्माण सम्पन्न एकीकृत जाँचचौकी (आईसीपी) मङ्गलबार हस्तान्तरण हुने भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भिडियो कन्फरेन्समार्फत आईसीपीको उद्घाटनपछि भारतले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको हो । स्रोतका अनुसार प्रधानमन्त्रीले सिंहदरबारबाट भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त रूपमा आईसीपीको स्वामित्व ग्रहण गर्ने कार्यक्रम राखिएको छ । मङ्गलबार दुई देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्ने गरेसंगै भवन हस्तान्तरण हुनेछ ।

नेपाल इन्टरमोडलले आईसीपीको स्वामित्व ग्रहण गरेपछि त्यसको सञ्चालन जिम्मेवारी भन्सार विभागले पाउने छ । निर्माण कम्पनीले परामर्शदाता कम्पनी राइटलाई हस्तान्तरण गरिसकेको छ । भारतीय कम्पनी दिनेशचन्द्र एन्ड आर। अग्रवाल इन्फ्राकन अहमवाद परियोजनाले आईसीपीको निर्माण गरेको हो ।

सन् २०१७ मार्चदेखि सुरु भएको काम दुई वर्ष अवधिमा सक्नुपर्ने भए पनि वर्षात् र बाढीको कारण देखाउँदै ढिलो भएको थियो । सन् २०१९ को फेब्रुअरीमा हस्तान्तरण गर्ने गरी सम्झौता भए पनि त्यसको दस महिनापछि मात्र आईसीपीको काम सम्पन्न भएर हस्तान्तरण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्