Hello NEw
उपसभामुखद्वारा पदबाट राजीनामा
काठमाडौं, ६ माघ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सोमबार पदबाट राजीनामा दिएकी छिन् । प्रतिनिधि सभा बैठकको सुरुमै उनले राजीनामा दिएकी हुन् ।
प्रतिनिधी सभालाई सम्बोधन गर्दै उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वाभाविक महत्त्वाकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । आफ्नो अडानको समयले बस्तुनिष्ठ मूल्यांकन गर्ने उनले बताइन् ।
सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक ब्यवस्था अनुसार उपसभामुखले राजीनामा दिएकी हुन् । यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आईतबार पार्टी स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेद्वार चयन गरेको थियो ।
