Hello NEw
नेकपा माओवादीका तीन नेता–कार्यकर्ता पक्राउ,
काभ्रे १५ चैत्र — नेक्रवित्रम चन्द नेतृत्वको नेकपा माओवादीका तीन नेता–कार्यकर्ता अदालतको आदेशबाट रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका इन्द्रबहादुर ठकुरी, बाह्रबिसे नगरपालिकाका रेशम पौड्याल र काभ्रेको भुम्लु गाउँपालिका १ का अजय श्रेष्ठ काभ्रे प्रहरीद्वारा पक्राउ परेका हुन् ।

जिल्ला अदालत सिन्धुपाल्चोकले ठकुरीलाई २५ हजार र पौड्याल तथा श्रेष्ठलाई ६/६ हजार धरौटमा रिहा गर्न आदेश दिएको थियो । उनीहरूलाई काभ्रे ल्याइएको छ । ठकुरी र श्रेष्ठ पार्टीको जिल्ला सदस्य हुन् ।
कोसीपारि रहेको एनसेलको टावर आगजनी गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई आगजनी तथा विस्फोटन मुद्दा लगाएर म्याद थप गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खडकाले जानकारी दिए । अदालतले ३ जनालाई साधारण तारेख, एकलाई २५ हजार र १३ जनालाई जनही ६ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । तीमध्ये ११ जना धरौटी बुझाउन नसकेपछि हिरासतमै छन् । साधारण तारेखमा रिहा भएका ३ जना घर फर्किएका छन् भने ३ जनालाई पक्राउ गरी काभ्रे ल्याइएको हो ।
