Logo

Hello NEw

सभामुखमा अग्‍नि सापकोटा निर्विरोध



काठमाडौं, ७ माघ । सत्तारुढ नेकपाका नेता अग्‍नि सापकोटा सभामुखमा निर्विरोध भएका छन्। मंगलबार उम्मेदवारीका लागि निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्‍का भएको हो ।

यसको औपचारिक घोषणा भने माघ १२ गते हुनेछ । १२ गते बस्‍ने प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ । त्यसपछि उनले सभाको अध्यक्षता गर्ने छन् ।

संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यक्रम सार्वजनिक गरेको थियो । नेकपाबाट नेता अग्‍निप्रसाद सापकोटाले संसद् भवन बानेश्वरमा पुगेर बिहान मनोनयन दर्ता गराएका थिए ।

यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने र समर्थन पनि कसैलाई नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्