Logo

Hello NEw

सकारात्मक विभेद तथा आरक्षणका भिन्नता र नेपालको निजामती प्रशासनमा यि व्यवस्थाबाट देखिएका सकारात्मक/नकारात्मक अवस्था



प्रश्न : सकारात्मक विभेद र आरक्षणका भिन्नताहरु उल्लेख गर्दै नेपालको निजामती प्रशासनमा आरक्षण र सकारात्मक विभेदको व्यवस्थावाट देखिएका सकारात्मक र नकारात्मक अवस्थाको चर्चा गर्नुहोस् ? (४+६)


उत्तरः सकारात्मक विभेद र आरक्षण
प्रक्रियामा असमान व्यवहार गरेर परिणाममा समानता कायम गर्न प्रयोग गरिने समावेशी लोकतन्त्र (Inclusive Democracy) को आधारभूत औजारहरु आरक्षण र सकारात्मक विभेदलाई नेपालमा समेत अवलम्वन गरिएको छ । असमान अवस्थामा रहेका वर्ग, क्षेत्र, समुदायवीच सारभूत (Substantive) समानता कायम गर्नका लागि अवलम्वन गरिने विशेष अवस्था, असमान व्यवहार नै सकारात्मक विभेद हो । विभिन्न किसिमले पछाडि परेका वा पारिएका समुहहरुको सार्वजनिक सेवा वा क्षेत्रमा निश्चित पद संरक्षसत गर्नु आरक्षण हो ।

आरक्षण र सकारात्मक विभेद वीचको फरक

सकारात्मक विभेद (Positive discrimination)
– समावेशी लोकतन्त्रको आधार हो ।
– दिगो तथा दिर्धकालिन अवधारणाको रुपमा रहन्छ ।
– गुणस्तर कायम राख्न जोड दिन्छ ।
– सशक्तिकरणमा जोड दिन्छ ।
– गुणात्क विधि हो ।
– सेवा प्रवाहमा नकारात्मक असर पर्दैन ।
– प्रतिनिधित्वका लागि अवसर मात्र प्रदान गर्छ ।
– जस्तै: निजामती सेवामा प्रवेश गर्न पुरुषको तुलनामा ५ वर्ष वढि वा महिलालाई उमेरको हद ४० वर्ष निर्धारण गरिनु ।

आरक्षण (Reservation)
– सकारात्मक विभेदको औजार हो ।
– सामान्यतया अल्पकालमा प्रयोग गरिने उपकरण हो ।
– गुणस्तरसंग सम्झौता गर्न सक्छ ।
– प्रतिनिधित्वमा जोड दिन्छ ।
– परिमाणात्मक विधि हो ।
– सेवा प्रवाहमा असर पार्न सक्छ ।
– प्रतिनिधित्व सुनिस्चित गर्छ ।
– जस्तै:निजमाती सेवाको प्रवेमा महिलालाई छुट्याईएका ३३५ सिटमा महिला नै पुग्दछन् । यो महिलाका लागि आरक्षण हो ।

नेपालको निजामती सेवामा सकारात्मक विभेद र आरक्षणले पारेको प्रभाव
नेपालको निजामी सेवामा सकारात्मक विभेद धेरै अधिदेखि र आरक्षण करिव १ दशक देखि अपनाएको पाईन्छ । यिनिहरुको सकारात्क र नकारात्क प्रभाव पत्र पत्रिका र सामाजिक संजालमा उद्द्रित भएको देखिएता पनि हालसम्म कुनै बैज्ञानिक अनुसन्धान र खोज भएको पाईदैन । यसले सेवामा दुवै खालका प्रभाव पारेको छ । जो निम्न छन् :

सकारात्मक असरहरु;
पहिलेको तुलनामा हाल सेवामा महिला, आदिवासी जनजाती, मधेसी, दलित, अपाङ्गता भएका र पिछडिएका क्षेत्रको प्रतिनिधित्व उल्लेख्य रुपमा वढोत्तरी भएको छ ।
राज्य संचालन संयन्त्रमा सवै वर्ग तथा समुदायको पहुँच तथा प्रतिनिधित्व वडि प्रतिनिधिमुलक भएको छ ।
भावनात्मक राष्ट्रिय एकिकरणमा मद्दत पुर्याएको छ । राष्ट्र निर्माणको महान् अभियानमा एकमत गराउन सजिलो भएको छ ।
वन्चित वर्गको विभेदको न्यूनिकरण भई मानव अधिकार सुदृढीकरण भएको छ ।
निजामती सेवा निश्चित वर्गको पेवा हो भन्ने आरोपको अन्य हुदै गएको छ ।
विविधता व्यवस्थापनमा सघाउ पुगेको छ ।

नकारात्मक असरहरु;
आरक्षण नपाउने वर्गमा नैरास्यता उत्पन्न भई प्रतिभा पलायनको भए देखिएको छ ।
समावेशी र असमावेशी दुई वर्गमा कर्मचारीको विभाजन गराएको छ ।
आरक्षण लक्षित वर्ग सधै आरक्षणमा भर पर्न गई प्रतिस्पर्धात्मक क्षमता कमजोर वनाएको यसको असर सेवा प्रवाहको गुणस्तरमा समेत देखिन थालेको छ ।
आरक्षण पाउने वर्ग सधै लघुताभासको महसुस गरि वृहताभासको आन्दोलनमा रहने गरेको यसले लोकसेवा जस्तो पवित्र मानिदै आएको संस्थाको साखमा आच आउन गई सेवाको गुणस्तरमा दिर्घामी असर पर्न सक्ने देखिएको ।
कतिपय आरक्षित पदमा दर्खास्त नपर्दा वा परेपनि तोकिएको उत्रिर्णाकं समेत नआउदा सेवा प्रवाहमा गम्भिर असर परेको देखिन्छ ।

निष्कर्ष: आरक्षण र सकारात्मक विभेद समावेशी लोकतन्त्रका प्रमुख आधार र आयम हुन् तथापी आरक्षणलाई अस्थायी समाधानको रुपमा मात्र लिन सकिन्छ । योग्यता प्रणालीलाई आधात नपर्ने गरी कसरी सकारात्मक विभेद अपनाउन सकिन्छ ? मनन गर्नु आजको आवश्यकता हो । खास समुह जाती र वर्गलाई सक्षम वनाउन शिक्षा र क्षमता विकास अपरिहार्य हुने भएकोले सशक्तिकरणको माध्यमवाट : Meritocracy मा सवै प्रतियोगिलाई अव्वल वनाउनु आजको निजामती सेवाको प्रमुख सर्त र आवस्यकता हो ।

नोट :अभ्यासको लागि समय विभाजन
सकारात्मक विभेद र आरक्षणको परिचय- २ मिनेट
आरक्षण र सकारात्मक विभेद वीचको फरक- ४.५ मिनेट
नेपालको निजामती सेवामा सकारात्मक विभेद र आरक्षणले पारेको प्रभाव- १.५ मिनेट
सकारात्मक असरहरु- २.५ मिनेट
नकारात्मक असरहरु- २.५ मिनेट
निष्कर्ष लेखन- २ मिनेट
एकपटक चेक गर्न- १.५ मिनेट
जम्मा- १६.५ मिनेट

प्रतिक्रिया दिनुहोस्