Hello NEw
कर्णाली प्रदेशका जिल्लाहरु सञ्चारविहीन
हुम्ला, ८ माघ । कर्णाली प्रदेशका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् ।
कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतले जानकारी दिए ।
टेलिकमका अनुसार आजभोलि नै प्राविधिक टोलीले सञ्चार सेवा पुनःसञ्चालन गर्नेछ । सञ्चार सेवा बन्द भएका कारण त्यहाँका स्थानीय सरकार, प्रहरी प्रशासन लगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको जनाइएको छ ।
