Logo

Hello NEw

व्यवसायीको गुनासो : सरकारले मतलब गरेन



काठमाण्डौ, ८ माघ । उद्योगी व्यवसायीहरुले सरकारले आफुहरुमाथि विश्वास नगरेको गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले नेपालका उद्योगी व्यवसायीहरुलाई विश्वास गर्न नसकेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुले इमान्दार भएर काम गरे पनि केही व्यवसायीलाई देखाएर सरकारले विश्वास नगरेको बताएका हुन् ।

उनले राम्रो भ्यालु एडिसन गरेर काम गर्ने र राम्रो रोजगारी सिर्जना गर्ने उद्योगहरुलाई सरकारले अझ बढी सुरक्षा दिनुपर्ने ठाउँमा विश्वास नगर्दा निरुत्साहित हुनुपरेको बताएका छन् ।

उद्योगी व्यवसायीहरुले स्वदेशी उद्योगीले उत्पादन गरेको जलविद्युत विदेशमा बिक्री गर्न नसकिने कानून रहेको भन्दै त्यसमा पुनरावलोकन गर्न अर्थमन्त्रालयलाई आग्रह समेत गरेका छन् ।

कपडा उद्योगीहरुले पनि सरकारले छुट दिएको भन्दै पत्रिकामा निकाल्ने तर उद्योगीहरुले केही पनि नपाउने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

उद्योगी व्यवसायीहरुले व्यापार घाटा धेरै नै बढेकाले स्वदेश भित्र उत्पादन हुने वस्तुहरुको आयातमा कडाई गर्न आग्रह समेत गरेका छन् । उद्योगीहरुले उद्योगहरुले भन्सारमा पाउने सेवा सुविधाहरुलाई फेरी एकपटक पुर्नविचार गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्