Logo

Hello NEw

घुस रकमसहित प्रहरी जवान अख्तियारको फन्दामा



सिरहा, ८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित रंगेहात सिराहाका एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।

अख्तियारले घुस रकम ५ हजार सहित इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार यादवले सेवाग्राहीसँग भारतीय बजारबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै घुस लिई रहेका थिए ।

पक्राउ परेका यादवमाथी कारवाहीको लागि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्