Logo

Hello NEw

राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकार उल्लेख गर्नुहोस् ।



१) राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकार उल्लेख गर्नुहोस् ।

भ्रष्टाचार विवारण ऐन, २०५९ बमोजिम राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकार निम्नानुसार छन् ;
क) नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय र सार्वजनिक संस्थाबाट सम्पादन हुनु पर्ने कार्यहरू नियमित रूपमा भएरनभएको विषयमा सूचना संकलन गर्ने,
ख) नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थाबाट नियमित रूपमा हुनु पर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो विषयमा सतर्क गर्ने,
ग) सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रचलित कानुनबमोजिम दिइएको सम्पत्ति विवरण र आयको अनुगमन गर्ने,
घ) भ्रष्टाचार हुन सक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्ने आवश्यक व्यवस्था मिलाउने,
ङ) भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अपनाउनु पर्ने नीति, रणनीति र तत्सम्बन्धी कानुनमा कुनै सुधार गर्नु पर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
च) नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थामा उजुरीपेटिका राख्ने व्यवस्था मिलाउने,
छ) भ्रष्टाचारको रोकथाम गर्ने उद्देश्यले आवश्यकता अनुसार सम्बन्धित निकायलाई कुनै सुझाव वा निर्देशन दिने,
ज) भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक विवरण वा सूचना प्राप्त गरी अद्यावधिक गराई राख्ने,
झ) भ्रष्टाचारसम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने,
ञ) भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य कार्य गर्ने वा गराउने ।
ट) नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने, गराउने ।

अन्त्यमा,
राष्ट्रिय सतर्कता केन्द्रले नेपाल सरकारका निकायहरूलाई अनुगमन एवं निर्देशनको सहायताले नियममा राख्नुका साथै आवश्यकताअनुसार कारवाही गरी भ्रष्टाचार नियण्त्रण गर्ने तथा सुशासन प्रवद्र्धन गर्ने कार्य गर्छ ।

२) अन्तःशुल्कको परिभाषा र उद्देश्यमाथि प्रकाश पार्दै नेपालमा कस्ता कस्ता वस्तुहरूमा अन्तःशुल्क लाग्ने गर्छ, उल्लेख गर्नुहोस् ।

अन्तःशुल्क;
– देशभित्र उत्पादन भई बिक्री वितरण तथा उपभोग हुने वस्तुमा लगाइने शुल्कलाई अन्तःशुल्क भनिन्छ ।
– अन्तःशुल्क वस्तु तथा सेवामा लाग्ने अप्रत्यक्ष कर हो ।
– साविकमा यो कर देशभित्र उत्पादित वस्तु तथा सेवामा मात्र उठाइने भएकाले यसको नाम अन्तःशुल्क रहन गएको हो । तर, अहिले यो कर आन्तरिक उत्पादनको अतिरिक्त आयातित वस्तु तथा सेवामा पनि लगाउने व्यवस्था गरिएको छ ।
– मानव स्वास्थ्य र वातावरणमा असर गर्ने वस्तुको उत्पादन एवम् प्रयोगलाई निरुत्साहित गर्न र नियन्त्रण गर्न यो करको व्यवस्था गरिएको हो ।
– नेपालमा पहिले मदिराजन्य र सुर्तीजन्य वस्तु लगायतका वस्तुमा अन्तःशुल्क लगाउने गरिएकोमा अन्तःशुल्क ऐन, २०५८ ले आयात र सेवामा पनि अन्तःशुल्क लगाउन सक्ने नयाँ व्यवस्था गरी यसको दायरालाई फराकिलो बनाएको छ ।
– आर्थिक ऐन, २०६८ ले ५० वटा वस्तुमा अन्तःशुल्क लगाउन सक्ने व्यवस्था गरेको छ ।

अन्तःशुल्कका उद्देश्यहरू

– मानव स्वास्थ्य एवम् वातावरणमा हानी पु¥याउने वस्तुको उत्पादन र उपभोगमा नियन्त्रण गर्ने,
– विलासिताका वस्तुको उत्पादन तथा उपभोगलाई व्यवस्थित गर्ने,
– राजश्वको संकलन गर्ने,
– नेपालमा उत्पादित वा पैठारीजन्य वस्तुको सेवामा अन्तःशुल्क लगाउने र असुलउपर गर्ने कार्यद्वारा अन्तःशुल्क व्यवस्थापनलाई नियमित गर्ने,
– सामाजिक न्याय, शान्ति सुरक्षा र अनुशासन कायम गर्ने,
– मुलुकको आर्थिक विकासको लागि आवश्यक राजस्व संकलनमा अभिवृद्धि गर्ने
अन्तःशुल्क लाग्ने केही वस्तुहरू
– सुर्ती र सुर्तीजन्य पदार्थ
– मदिरा र मदिराजन्य पदार्थ
– मार्बल
– फलामे डण्डी
– चाउचाउ
– इँटा, सिमेन्ट
– कत्था, कत्थारस
– पानमसला
– खुदो
– तयारी फलफुलको रस आदि।

प्रतिक्रिया दिनुहोस्