Hello NEw
सांसद दीपक मनाङ्गे पक्राउ
पोखरा, ९ माघ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ९दिपक मनाङे० पक्राउ परेका छन् ।
पक्राउ गर्न अनुमति पाए लगत्तै गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
मनाङेले मंगलबार अखिल नेपाल फुटबल संघ ९एन्फ० कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । गुरुङले प्रदेश सांसद मनाङेले दुर्व्यवहार गरेको उजुरी बुधबार दिएका थिए । सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीलाई मनाङे पक्राउ गर्न अनुमति दिएको थियो ।
मुख्यमन्त्री कप फुटबल उद्घाटन समारोहमा भनाभन हुँदा मनाङेले मिलनलाई झापड खानेका थिए । बुधबार मिलन र मनाङेले पत्रकार सम्मेलन गर्दै आ–आफ्नो बचाउ गरेका थिए । मनाङेले गठलाई झापड हानेको स्वीकार गरेका थिए भने मिलनले आफूमाथि प्रदेशसभा सदस्यले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएका थिए ।
