Logo

Hello NEw

लोक सेवा सामान्य ज्ञान : वस्तुगत प्रश्नोत्तर



१) फेसबुकद्वारा निर्मित डिजिटल करेन्सीलाई के भनिन्छ ?
– लिब्रा
(सामाजिक संजाल फेसबुकको स्थापना सन् २००४ फेब्रुअरी ४ मा भएको हो। यसको प्रधान कार्यालय अमेरिकाको क्यालीफोर्नियामा रहेको छ। यसका सस्थापक मार्क जुकरवर्ग हुन्। यसका मासिक सक्रिय प्रयोगकर्ता २।३ मिलियन रहेका छन्। त्यसैगरी यस संस्थामा ३०,२७५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् )

२) नेपालमा वाणिज्य बैकको संख्या कति रहेको छ ?
– २८ वटा
(नेपालको पहिलो वाणिज्य बैंकको नाम नेपाल बैंक लिमिटेड हो। हाल नेपालमा २८ वाणिज्य बैंक रहेका छन् ।)

३) विश्व हात धुने दिवश कहिले मनाइन्छ ?
– अक्टोवर १५

४) हेलिप्याड कार्यक्रम चलाउने स्थानीय तह कुन हो ?
– ऐरावती गा.पा.प्युठान

५) प्रदेश १ को स्थायी राजधानी कहिले तोकियो ?
२०७६ वैशाख २३

६) आ.व २०७६/७७ को बजेटमा पूँजीगत बजेटको हिस्सा कति प्रतिशत रहेको छ ?
– २६.६ प्रतिशत
(आ.व.२०७६/७७ को बजेट वि.सं २०७६ जेठ १५ मा प्रस्तुत गरिएको हो। बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रूपैयाँ रहेको छ। जसमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख र पूँजीगततर्र्फ ४ खर्ब ८ अर्ब ५९ लाख राजश्व परिचालन रु ८ खर्ब ६० अर्ब, वैदेशिक सहायता अनुदान ४६ अर्ब ७७ करोड, वैदेशिक ऋण २ खर्ब १० अर्ब २८ करोड, वित्तीय व्यवस्था– १ खर्ब ६७ अर्ब ५ करोड ९ लाख, ४ खर्ब ८ अर्ब ५९ करोड ८२ लाख विनियोजन गरिएको छ। )

७) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राडारको स्थापना कुन देशको सहयोगमा गरिएको हो ?
– जापान सरकार
(नेपाललाई सबैभन्दा बढी सहयोग प्रदान गर्ने मुलुक जापान हो । जापानको दातृ संस्थाको नाम जाइका हो । यस देशले नेपाललाई त्रि।वि। शिक्षण अस्पताल, काठमाडौं नयाँ बसपार्क, साझा यातायात, कुलेखानी जलविद्युत आयोजना कर्णाली पुल लगायतमा सहयोग गरेको छ। )

८) सार्कको पहिलो शिखर सम्मेलन कहिले र कहाँ भएको थियो ?
– वंगलादेशको ढाका (सन् १९८५)
(सन् १९८५ डिसेम्बर ७ र ८ मा बंगलादेशको ढाकामा प्रथम सार्क शिखर सम्मेलन भएको थियो। हालसम्म सार्कका १८ ओटा शिखर सम्मेलन सम्पन्न भइसकेका छन् )

९) काठमाडौंको कलंकीमा रहेको कलंकी मालपोत कार्यालय देशकै पहिलो नमूना मालपोत कार्यालय कहिले घोषणा भएको हो ?
– २०७६ असार ४
(भूमि प्रशासनमा प्रणालीगत सुधार गरी नवीनतम प्रविधिको प्रयोग र भूमि प्रशासनमा आवद्ध कर्मचारीको आचरण तथा व्यवहारमा परिवर्तन गर्दै सेवालाई नागरिकको नजिक पु¥याई नागरिकको मन जित्ने पद्दतिको विकास गर्न मालपोत कार्यालय कलंकीबाट सुरु गरिएको नमुना मालपोत कार्यालयको अवधारणालाई देशभरिका १३१ वटै मालपोत कार्यालयमा विस्तार गर्ने योजना भूमि व्यवस्थापन तथा अभिलेख विभागको छ।)

१०) कृषि गणना २०६८ अनुसार सबैभन्दा बढी खेतीयोग्य जमिन भएका पाँच जिल्लाहरू कुन–कुन हुन् ?
मोरङ, झापा, सर्लाही, सिराहा, सुनसरी
(नेपालमा कृषि गणनाको सुरुवात वि।स २०१८ बाट भएको हो। यो गणना हरेक १०÷१० वर्षमा गरिन्छ। छैटौं कृषि गणना २०६८ अनुसार कम खेतीयोग्य जमिन भएका पाँच जिल्लाहरूमा मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला पर्छन्)

११) नेपाल भ्रमण वर्षअन्तर्गत सन् २०२० मा कति पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ?
२० लाख

१२) दोश्रो विश्व युद्वका बेला नेपालमा को प्रधानमन्त्री रहेका थिए ?
चन्द्रशम्शेर

१३) नेपाललाई सबैभन्दा बढी सहयोग प्रदान गर्ने सार्क राष्ट्र कुन हो ?
भारत
(नेपाल–भारत दौत्य सम्बन्ध सन् १९४७ जुन १३ मा भएको हो। नेपालको सबैभन्दा बढी व्यापारिक घाटा पनि यसै राष्ट्रसँग रहेको छ।)

१४) नेपालको पूर्व– पश्चिम लम्बाइ कति रहेको छ ?
८८५ कि.मि.
(नेपालको उत्तर दक्षिण औषत चौडाई १९३ कि.मि. रहेको छ )

१५) नेपालको सबैभन्दा ठूलो नदी कुन हो ?
कोशी
(कोशी नदी अरुण, तमोर, सुनकोशी, तामाकोशी, दुधकोशी, इन्द्रावती र लिखु मिली बनेको छ। यो नदीको लम्बाइ ७२० कि।मि। रहेको छ। )

१६) हेनरी फोयलले व्यवस्थापनका कति सिद्दान्त प्रतिपादन गरेका छन् ?
१४ सिद्दान्त

१७) शैक्षिक तथ्यांकले कुन कुरालाई सहयोग गर्छ ?
शैक्षिक निर्णय गर्न

१८) नेपाली वैज्ञानिक सहितको टोलीले जापानबाट प्रक्षेपण गरिएको नानो स्याटलाइटको नाम के हो ?
नेपाली स्याट– वान

१९) नेपालमा हाल कति प्रकारका नोट प्रचलनमा रहेका छन् ?
११ प्रकारका
(नेपालमा सर्वप्रथम कागजी नोटको निष्कासन वि.सं. २००१ असोज १ बाट भएकोे हो । हाल रु १, रु २, रु ५ , रु १०, रु २० रु २५ रु ५० रु १००, रु २५० रु ५०० र रु १००० गरी एघार प्रकारका नोट प्रचलनमा रहेका छन् ।)

२०) घोडाघोडी ताल कुन जिल्लामा पर्छ ?
कैलाली
(कपिल ताल पनि भनिने घोडाघोडी ताल हत्केला आकारको छ। यो ताल १३८ हेक्टर क्षेत्रफलमा फैलिएको छ। आसपासका तालहरूको समेत क्षेत्रफल लिँदा यस तालको क्षेत्रफल २,५६३ हेक्टर हुन्छ। यस ताललाई सन् २००३ मा रामसार सूचीकृत गरिएको छ।)

२१) संसारको सबैभन्दा होचो भाग मृतसागर कुन महादेशमा पर्छ ?
एसिया महादेश
(एसिया महादेशमा विश्वको सर्वोच्च शिखर सगरमाथा, सवैभन्दा ठूलो ताल क्यास्पियन ताल, विश्वकै गहिरो वैकाल ताल, विश्वको सर्वोच्च स्थानमा रहेको ताल तिलिचो ताल, सर्वाधिक होचो भाग मृतसागरलगायत पर्छन्। )

२२) विश्वको सबैभन्दा सानो चरा कुन हो ?
वि हमिङ वर्ड

(यस चराको लम्बाइ २.४ इन्च, तौल १.६ ग्राम हुन्छ। यो चरा प्रतिघण्टा ५४ कि.मि. को गतिमा उड्न सक्छ। )

२३) फ्रान्सको राज्यक्रान्ति हुँदा त्यहाँका राजा को थिए ?
लुई सोह्रौँ

(निरंकुश राजतन्त्रको विरोधमा फ्रान्समा भएको भीषण क्रान्ति सन् १९७९ मा भएको थियो। )

२४) भारतीय स्वतन्त्रता संग्रामका कति युग छन् ?

३ युग

(उद्धारवादी युग, उग्रवादी युग र गान्धी युग यस स्वतन्त्रता संग्रामको परिणामस्वरूप भारत र पाकिस्तान बेग्लाबेग्लै राज्यको रूपमा विकसित र घोषित हुनुका साथै ब्रिटिस इन्डिया कम्पनीले आफ्नो राजनीतिक अधिकार गुमाउनुपरेको थियो। )

२५) किरातकालका अन्तिम राजा को हुन् ?

गस्ती

(प्रथम राजा यलम्बर रहेका किरातकालमा ३२ जना राजाहरूले शासन गरेका थिए। )

२६) नेपाल राष्ट बैंकले आर्थिक वर्ष ०७६र०७७ को मौद्रिक नीतिमा कहिले सार्वजनिक गर्यो ?

२०७६/०४/०८

(राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन्। यस नीतिले बैंकहरूलाई मर्जरका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ। )

२७) प्रधानमन्त्री केपी शर्माओलीद्वारा एक वर्षमा ३ देखि ५ करोड बिरुवा रोप्ने अभियानको सुरुवात कहिले भयो ?
२०७६ असार १४
(हरेक वर्ष असार १४ मा वृक्षारोपण दिवस बनाउने गरी अभियानको सुरुवात भएको हो। वन मन्त्रालयका अनुसार हाल ७५३ स्थानीय तहहरूमध्ये हाल ३१७ वन विहिन छन्।)

प्रतिक्रिया दिनुहोस्