Logo

Hello NEw

मुलुकी अपराध ऐन, २०७४ ले कस्ता कार्यलाई मानव स्वास्थ्य इलाजसम्बन्धी कसूरको रूपमा लिई के सजाय हुने व्यवस्था गरेको छ



प्रश्न : मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले के कस्ता कार्यलाई मानव स्वास्थ्य इलाजसम्बन्धी कसूरको रूपमा लिई के कस्तो सजाय हुने व्यवस्था गरेको छ ? चर्चा गर्नुहोस् 

सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्न तथा विभिन्न धार्मिक एवं सांस्कृतिक समुदायबीचको सुसम्बन्ध कायम गर्न तर्जुमा गरिएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले देहाय बमोजिमका कार्यलाई मानव स्वास्थ्य इलाजसम्वन्धी कसूरको रूपमा लिई देहाय बमोजिमको सजाय हुने व्यवस्था गरेको छ;

क) इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुने:
– गरेमा कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपियाँँसम्म जरिबाना हुने, त्यसैगरी उपरोक्त विपरीत हुनेगरी चिकित्सा सेवा दिँदा, चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान गएमा कसूरदारलाई जन्मकैद हुने र अङ्गभङ्ग भएमा पन्ध्र वर्षसम्म कैद हुने,

– यसमा जुनसुकै कुरा लेखिएको भएता पनि लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानोतिनो रोग लागेको बिरामीको मानव अङ्गलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा बाधा नपुग्ने,

ख) बदनियत चिताई इलाज गर्न नहुने:
– गरेमा देहाय बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुने ः
अ) कसैको ज्यान गएकोमा ज्यान मारे सरह,
आ) कसैको अङ्गभङ्ग भएकोमा अङ्गभङ्ग गराए सरह,

ग) लापरबाही वा हेलचेक्य्राइँ गरी इलाज गर्न नहुने:
– यस बमोजिमको कामबाट कसैको ज्यान मर्न गएमा वा अङ्गभङ्ग भएमा लापरवाहीपूर्ण काम गरेको कारणबाट ज्यान मरेमा वा अङ्गभङ्ग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपियाँँसम्म जरिवाना र हेलचेत्र्mयाइँ गरेको कारणबाट मरेकोमा वा अङ्गभङ्ग भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपियाँँसम्म जरिवाना हुने,

घ) मञ्जुरीविना मानव शरीरमा परीक्षण गर्न नहुने:
– उपरोक्त विपरीत परीक्षण गर्ने, गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपियाँँसम्म जरिवाना हुने, उपरोक्त बमोजिमको कसूर गरेको कारणबाट कसैको ज्यान मरेकोमा ज्यान मारे सरह र अङ्गभङ्ग भएकोमा अङ्गभङ्ग गरे सरह सजाय हुने,

ङ) जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न नहुने:
– गरेमा यस बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने,

च) औषधिमा मिसावट गर्न वा मिसावट गरेको औषधि बिक्री गर्न नहुने:
गरेमा यस बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुने;
अ) त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मरिसकेकोमा ज्यान मारेको सरह,
आ) त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मर्न सक्नेगरी खतरा पुगेको वा पुग्ने सम्भावना भएकोमा ज्यान मार्ने उद्योग गरे सरह,
इ) त्यस्तो औषधि सेवन गरेको कारणले शरीरको कुनै अङ्गभङ्ग हुने वा सोको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा दश वर्षसम्म कैद र एक लाख रुपियाँँसम्म जरिवाना,
ई) उपरोक्त अवस्थामा बाहेक अन्य अवस्थामा पाँच वर्षसम्म कैद र पचास हजार रुपियाँँसम्म जरिवाना,

छ) म्याद नाघेको वा पूर्व सावधानी नलिई औषधि बिक्री वितरण गर्न नहुने:
– बिक्री वितरण गरेमा यस बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपियाँँसम्म जरिवाना हुने,


ज) एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न नहुने:
– बिक्री वितरण गरेमा यस बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने,

झ) प्रयोगशाला परीक्षणको झुटा प्रतिवेदन दिन नहुने:
– दिएमा यस बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपियाँसम्म जरिवाना हुने, यस बमोजिमको प्रतिवेदनको आधारमा कसैलाई औषधि सिफारिस गरी सेवन गर्दा, चिरफार गर्दा वा उपचार गर्दा कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा त्यस्तो प्रतिवेदन दिने व्यक्ति कसूरदार मानिने र यस बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई ज्यान मरिसकेको भए ज्यान मारे सरह र अङ्गभङ्ग भएको भए अङ्गभङ्ग गरे सरह सजाय हुने ।

प्रतिक्रिया दिनुहोस्