Logo

Hello NEw

अग्नि सापकोटालाई पक्राउ माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं, १० माघ । सभामुखका उम्मेदबार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध रिट दायर गरेका हुन् ।

सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामा हत्या अभियोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । उक्त मुद्दाको पेसी माघ २२ गते तोकिएको छ ।

फौजदरी अभियोगमा मुछिएको व्यक्ति सभामुखको उमेदवार रहेको भन्दै निर्वाचन प्रक्रिया रोक्ने आदेश समेत रिटमा माग गरिएको छ । सापकोटालाई सभामुखमा निर्वाचित नगर्न र तत्काल गिरफ्तार गर्न समेत रिटमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्