Hello NEw
खरिदारविरुद्ध मुद्दा
काठमाडौं, १० माघ । कञ्चनपुर भूमिसुधार तथा मालपोत कार्यालयकी खरिदार ललिता रोकायाविरुद्ध मुद्दा दायर भएको छ । रोकायाले सेवाग्राहीसँगै १ लाख ५० हजार घुस लिएको पुष्टि भएपछि शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएका छन् ।
कञ्चनपुरको भिमदत्त नगरपालिका ४ मा रहेको जग्गा पास गरिदिने र पास हुन नसके रकम फिर्ता गराइदिने भन्दै घुस माग गरेपछि खरिदार रोकायालाई अख्तियारले पक्राउ गरेको थियो ।
उनले घुस माग गरेको अनुसन्धानबाट पुष्टि भएपछि १ लाख ५० हजार बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
